२०८१ चैत्र १, शनिबार
भक्तपुर:- चैत्र ५ गते हुने स्ववियु निर्वाचन अन्तर्गत भक्तपुरको सानोठिमी क्याम्पस र भक्तपुर बहुमुखी क्याम्पसमा क्रान्तिकारीले तालमेल गरि चुनाब लड्ने भएको छ । सानोठिमी क्यामप्समा सत्तारुढ नेपाली कांग्रेसनिकट नेविसंघ र प्रतिपक्षी नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) बीच तालमेल भएको छ तेसैगरी भक्तपुर बहुमुखी क्याम्पसमा हुने स्ववियु निर्बाचनमा अखिल (क्रान्तिकारी) र (अखिल (समाजवादी) सङ तालमेल गरिएको छ ।
दुबै क्याम्पसमा निर्बाचनका लागि दुई दलनिकट संगठनले मंगलबार साझा गठबन्धनसहित मनोनयन दर्ता गराएका हुन । सहमति अनुसार सानोठिमिमा अध्यक्ष पदका लागि अखिल( क्रान्तिकारी) का नरेन्द्रसिंह ठगुन्ना र सचिवमा नेविसंघका दिक्पाल कार्कीले उम्मेदवारी दिएका छन् भने भक्तपुर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका आकाश गजुरेलको नेतृत्वमा अध्यक्षको उम्मेद्बारी दिएका हुन ।
सानोठिमी क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययनरत ठगुन्ना क्रान्तिकारीको सानोठिमी क्याम्पस इन्चार्ज हुन् । कोषाध्यक्षमा क्रान्तिकारीकै कुमार मानन्धर(कविर) ले उम्मेदवारी दर्ता गराएका छन् ।
सानोठिमिमा प्रत्यक्षतर्फका चार सदस्यमा क्रान्तिकारी र ३ सदस्यमा नेविसंघले उम्मेदवारी दर्ता गराएको छ । संयुक्त प्यानलबाट प्रत्यक्ष सदस्यमा उम्मेदवारी दिनेमा फुर्वा छिरिङ लामा, हस्तबहादुर खड्का, सुजिता कार्की, झरना कार्की, कुशल अधिकारी ,लंका वली, सुवास पौडेल रहेका छन् ।
त्यस्तै,समानुपातिक तर्फबाट नेविसंघले उपाध्यक्ष र क्रान्तिकारीले सहसचिव लिनेगरी सहमति भएको दुबै सङठनले जानकारि गराएको छ ।
सानोठिमिमा ०६५ यताका ३ वटा निर्वाचनमा लगातार अखिल (क्रान्तिकारी) ले सभापति जित्दै आएको छ । यसअघि ०६५ सालमा वीरेन्द्र बस्नेत, ०७३ सालमा रमेश खड्का र ०७९ सालमा रेशमलाल श्रेष्ठले क्रान्तिकारीका तर्फबाट सभापति पदमा विजय हासिल गर्दै आएका थिए सानोठिमि क्याम्पस ०६५ यता क्रान्तिकारिको किल्लाको रुपमा चिनिन्छ ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९