२०८१ फागुन २८, बुधबार
पाँचखाल वडा नं १ ठाँटी स्थाई बसोवास गर्ने सन्त बहादुर तमाङ र उनको बुवा मङ्गल बहादुर तमाङ समेतले मङ्गल बहादुर तामाङको श्रीमतीलाई मार्छु भन्दै लोड भएको भरुवा बन्दुक समेत साथमा लिई लखेटेका थिए ।
आफ्नो ज्यान जोगाउन भाग्दै गरेकी मङ्गल बहादुरको श्रीमतीले हार गुहार गरेको सुनी स्थानीयले पाँचखाल प्रहरीलाई खबर गरेका थिए । पाँचखाल प्रहरी चौकीबाट प्रहरी अधिकृत सहितको टोलीले खोजतलास गर्दा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरी आवश्यक कानुनी कारवाही प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी गराएको छ ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९