२०८१ मंसिर ६, बिहिबार
जुम्ला :- डी.बी. शाही (धनबहादुर) द्वारा लिखित `बिर्सिएका अतितहरू´पुस्तक विमाेचन गरिएकाे छ । विहीबार एक समाराेहका बीच`बिर्सिएका अतितहरू´नामक कविता संग्रह विमाेचन गरिएकाे हाे ।
गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष तथा हिमा गाउँपालिका जुम्लाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले साहित्य क्षेत्रकाे संरक्षण र प्रचारप्रसारका लागि भूमिका खेल्ने बताए । उनका अनुसार खस सभ्यता र यहाँकाे साहित्यलाई संरक्षण गर्न आवश्यक छ ।
संग्रहमाथि डाक्टर गाेविन्द नेपाली,लक्ष्मीचन्द्र न्याैपाने र प्रकाशचन्द्र खत्रीले समीक्षा गरेका थिए । साहित्यकार नेपालीले कविता संग्रह अब्बल रहेकाे बताए । उनका अनुसार कविता संग्रहले बहुआयाम बाेकेकाे छ । उनले संग्रहले भाषामा शुद्वतामा ध्यान दिन सुझाव दिए । यस्तै पुस्तकमाथि समीक्षा गर्दै खस साहित्य समाज जुम्लाका सदस्य लक्ष्मीचन्द्र न्याैपाने लेखकलाई प्राेत्साहन गर्न आवश्यक रहेकाे बताए । उनका अनुसार माेफसलका स्रष्टाले लेखेकाे कविता शसक्त छ ।
जुम्ला बहुमुखी क्याम्पस जुम्लामा उप प्रध्यापक प्रकाशचन्द्र खत्रीले बिर्सिएका अतितहरू´भावना, बाैद्विकता र सामाजिक विषयमा आधारित रहेकाे बताए ।
कविताहरूले सामाजिक विकृति र विसंगति माथि व्यंग्य गरेकाे उनले बताए । पुस्तकका लेखक कवित्व क्षमता भएमा स्रष्टा भएकाे उनकाे भनाइ छ ।
खत्रीले महाकवि लक्ष्मीप्रसाद देवकोटाकाे व्यक्तित्व माथि चर्चा गरेका थिए । नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाही,लेखक राजेश विश्वकर्मा,यामराम कार्की र पुरिचन्द्र देवकाेटा लगायतले शुभकामना मन्तव्य राखेका थिए
चन्दननाथ मन्दिरकाे ५२ हाते लिङ्गाेकाे समेत प्रतिनिधित्व गर्दै ५२ कविताकाे संयाेग मिलेकाे बरिष्ट भाषाशास्त्री रमान्नद आचार्यले बताउनुभयाे । यसकाे प्रशंसनीय रहेकाे पाण्डुलिपि अध्ययन गर्नेहरूले बताएका छन्
११६औं लक्ष्मीप्रसाद देवकोटाकाे जन्मजयन्तीकाे अवसरमा सिर्जना गरिएकाे पुस्तकमा ५२ वटा कविता संग्रहित छन् । उनी चन्दननाथ-२ का स्थायी बासिन्दा हुन् । उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत छन् । विमाेचन कायर्यक्रम साहित्य चाैतारी नेपाल,खस साहित्य समाज र डी.बी. फाउन्डेसनकाे संयुक्त आयाेजनामा सम्पन्न भएकाे हाे ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९