२०८१ मंसिर ६, बिहिबार
काठमाडौं :- काठमाडौं महानगर वडा नं.३१ मा रहेको काठमाण्डौ शिक्षालयले वातारण बचाउनुपर्छ भन्ने सन्देश सहितको बिभिन्न कार्यक्रम गरी आफ्ना विद्यार्थीहरुलाई सहभागी गराएर जुन ५,२०२४ (जेठ २३,२०८१) मा भव्यताका साथ बिश्व वातावरण दिवस मनाएको छ।
प्ले ग्रुप देखी कक्षा ९ सम्मका बिद्यार्थी भाईबहिनीहरुलाई वातावरण संरक्षण किन गर्नुपर्छ? र वातारण बिग्रिँदा मानवजीवन लगायत पृथ्वीका अन्य जीवित प्राणीहरूको जीवनमा कस्तो असर पर्छ भन्ने सन्दर्भका बिभिन्न ज्ञान मुलक शिक्षा सहित विद्यालयका प्रधानाध्यापक श्री नवराज आचार्य,शिक्षक तथा ब्यबस्थापक हरी खनाल,प्रशासनिक ब्यबस्थापक नरहरि घिमिरेको साथ-साथै सम्पूर्ण शिक्षक-शिक्षिकाहरुले विद्यार्थीले गरीरहेको वातावरण बचाउ अभियानका नमुना कार्यक्रमहरुमा साथ र सहयोग गर्नुभएको थियो।
बिद्यार्थीहरुको सैद्धान्तिक ज्ञानको साथ-साथै व्यवहारिक ज्ञानमा जोड दिँदै आएको काठमाण्डौ शिक्षालयले यस्ता खाले कार्यक्रमहरुमा सम्पूर्ण विद्यार्थीहरुलाई उत्प्रेरणा मुलक सहभागिता गराउँदै आएको छ भने सम्पूर्ण बिद्यार्थी तथा अभिभावकहरुको साथ र सपोर्ट समेत पाउँदै आएको छ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९