२०८१ मंसिर ९, आईतबार
काठमाडौं :- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा पुनः विश्वासको मत प्राप्त गरेका छन्। १६ महिनामा प्रधानमन्त्रीले चौथोपटक विश्वासको मत प्राप्त गरेका हुन्।
संविधानको धारा एक सयको उपधारा दुई बमोजिम विश्वासको मत लिन प्रधानमन्त्री प्रचण्डले आजको बैठकमा प्रस्तुत गरेको प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।
प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रतिनिधिसभाको दोस्रो ठूला दल एमाले, आफ्नै नेतृत्वको माओवादी, उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र अशोक राई नेतृत्वको जनता समाजवादीका सांसदले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्रदान गरेका हुन् ।
एक सय ५८ सांसद मतदानमा सहभागी रहेकोमा प्रचण्डको पक्षमा एक सय ५७ मत पर्यो भने एक मत तटस्थ रह्यो ।
प्रतिनिसभाको सबैभन्दा ठूलो दल कांग्रेसले मतदानमा भाग लिएन । सहकारी ठगीसम्बन्धी छानबिनका लागि संसदीय छानबिन समिति गठनको लागि दबाब दिँदै आएको कांग्रेसले आज पूरै अवधि नारावाजी गरि संसद अवरुद्ध पार्न दबाब गरेको थियो ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९