दियालो फुडल्याण्ड काठमांडौंमा शुक्रबार मनोनयन दर्ता कार्यक्रम सम्पन्न भएको थियो ढुंगानासङै प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर पदमा हालका द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर लायन्स क्लब अफ काठमांडौं परोपकारका संस्थापक अध्यक्ष पार्वती खरेल पाण्डे र द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर पदमा हालका चिफ डिष्ट्रिक्ट एडभाईजर लायन्स क्लब अफ काठमाडौं साकुराका संस्थापक प्रथम उपाध्यक्ष सूर्य केसीले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन ।
लायन्स अन्तर्राष्ट्रियका एलसीआईएफ एरिया लिडर राजन लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न मनोनयन कार्यक्रममा लायन वर्ष २०२४/०२५ का लागि उम्मेदवारी दर्ता गराउनु भएका उम्मेदवारहरुलाई प्रमुख अतिथि लम्सालसहित डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, मल्टीपल डिष्ट्रिक्ट को–अर्डिनेटर एवं पूर्व मल्टीपल काउन्सिल चेयरपर्सन मनबहादुर रोका, निवर्तमान डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल लगाएतले माला र बुँकीले सम्मान गर्दै बधाई ज्ञापन गर्दै सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा डिष्ट्रिक्टका सिनियर लिडरसहित क्लबका प्रेसिडेन्ट, सेक्रेटरी, ट्रेजर, लियो क्लबका पदाधिकारी लगायत लायन्स क्लबका अन्य सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
मनोनयन दर्ता पश्चात मन्तव्य राख्दै लायन बर्ष २०२४/२५ का डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाले आफ्नो कार्यकालको मानवता हाम्रो प्राथमिकता भन्ने आधारमा रहि कार्यसम्पादन गरिने उल्लेख गरे भने प्रथम र द्वित्तिय भाईस गभर्नरद्वय पाण्डे र केसीले डिष्ट्रिक्ट गभर्नरले ल्याएका कार्यक्रम संगठित तरिकाले उत्कृष्ट बनाउन मुख्य भूमिका खेल्ने बताए ।