२०८१ मंसिर ६, बिहिबार
रतनपुर । बाराको निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुरमा जारी वडा अध्यक्ष गोल्डकप प्रतियोगिता अन्तरगत मंगलबार दुई खेल हुने भएको छ ।
बुधवार भएको खेलमा आयोजक रतनपुर ‘एू र योङ्ग स्टार लालविच विवादका कारण स्थगित गरेको थियो । खेलको मध्यान्तर पछी योङ्ग स्टार फुटबल टोलिबाट अफ साईड गोल पछि विवाद शुरु भएको खेल अबेरसम्म सहमति झुटाउन नसक्दा रेफ्रीले समय अन्त्य घोषणा गरेका थिए ।
मंगलबार कार्तिक २३ गते बसेको बैठकको निर्णय अनुसार खेल मध्यान्ह १२ बजे आयोजक र योङ्ग स्टार विचको खेल शुरु देखि नै हुने माग गरेको अफ साईड गोल बदर हुने निर्णय समितिले टुङ्गो लगाएको हो । आयोकले बोलाएको उक्त छलफलमा निजगढ नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सहइया गुरो रतपुर अस्थायी पोष्ट प्रहरी प्रमुख जिवराज धिताल र भिमी मोक्तान सोनम सिं लगायतले विवाद टुङ्गोलगाएका थिए । सहायक रेफ्रीली झन्डा देखाउद समेत योङ्ग स्टारका खेलाडीले अटेर गरि गोल पोष्टमा प्रहार गरेका थिए । सो गोलको मान्यताको माग गर्दै योङ्ग स्टारले विवाद चर्काएका थिए ।
खेल समय सिमा भित्र पनि विवाद नटुङ्गीदा रेफ्रीले समय अन्त्य भएको घोषणा गरेको हो । विवाद सुल्झाउन भो २३ गते विहिवार विहान छलफलका लगी आयोजकले अनुरोध गरेको गरेको थियो । सो अनुरोध अनुसार दुई पक्षविच सहमति भएको बारा जिल्ला रेफ्री संघ्का महासचीव सियाराम कुमरले जनाए ।
विवाद टुङ्गीए पश्चत खेल पुनः शुरुबाट नै खेलाउने निर्णयक पुस्तिकामा हस्ताक्षर गरेको सुचाना क्लबले सार्वजनिक गरेको छ । खेलकुदको उपलब्धि, अनुशासन, विकास र स्वस्थ्य जनशक्तिू भन्ने नाराका साथ आयोजना गरेको सो खेल नेपाल राष्ट्रिय माध्यामिक विद्यालयको खेलमैदानमा आजै विरगंज युनाइटेड र एफसी चपुर रौतहटविच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९