२०८१ मंसिर ८, शनिबार
काठमाडौ :- लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो क्याविनेट बैठक यहि आउदो असोज २६ र २७ गते सुन्दर नगरी पोखराको माटेपानी स्थित एस आर के.सी क्याटरिङको सभाहलमा सम्पन्न हुने भएको छ । पहिलो क्याबिनेट मिटिङ काठमाडौमा सम्पन्न भैसकेको हुदा दोस्रो भने पोखरामा हुने भएको हो क्लबले प्रत्येक बर्ष चार ओटा क्याबिनेट बैठक अनिवार्य गर्ने गरेको लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर लायन चन्द्र कुमार के.सि.ले जानकारी दिनु भयो । लायन्स क्लब अफ पोखरा आदर्शको आयोजनामा हुने दोस्रो क्याविनेट मिटिड असोज २६ गते क्याबिनेट पदाधिकारीहरुको बैठक र २७ गते सम्पुर्ण लायन तथा लियो सदस्यहरुको उपस्थित हुने छ । कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि लायन्स क्लब अफ पोखरा आदर्शका संस्थापक अध्यक्ष लायन नविन भण्डारीको संयोजकत्वमा क्लबका पूर्व अध्यक्षहरु सहितको मूल आयोजक समिति गठन गरिएको छ भने कार्यक्रलाई भव्य रूपमा सम्पन्न गर्नका लागि विभिन्न ११ वटा उप समितिहरुको समेत गठन गरिएको छ जस अन्तर्गत स्मारिका प्रकाशन उप समिति संयोजक लायन गोविन्द चापागाई, मच व्यवस्थापन संयोजक लायन बुद्धि बहादुर खत्री क्षेत्री, प्रचार तथा सुचना संयोजक लायन दिनेश भण्डारी, खाना, खाजा तथा अतिथि व्यवस्थापनमा लायन संजय कुमार अधिकारी, रजिष्ट्रेसन संयोजक लायन कृष्ण गुरुड, अर्थ व्यवस्थापन संयोजक लायन दिल बहादुर थापा, स्वागत सत्कार उप समिति संयोजक लायन शोभा बानीयाँ खानेपानी तथा पार्किङ व्यवस्थापनमा लायन गणेश बस्नेत, स्वास्थ्य तथा प्राथमिक सेवामा लायन रमेश थापा, सचिवालय व्यवस्थापनमा लायन मिलन के.सी र किट व्याग व्यवस्थापनमा लायन भोज बहादुर के सि लाई जिम्मेवारी तोकिएको छ ।
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर लायन चन्द्र कुमार के.सी. ज्युको अध्यक्षतामा संचालन गरिने यस कार्यक्रममा पोखराको मौलिक सस्कृति झल्कने सारङ्गी को मिठो धुन संगै लक्ष्य व्याण्डको सांगितिक प्रस्तुतिको व्यवस्था गरिएको छ । कार्यक्रममा काठमाडौ, पर्वत, म्याग्दी, लमजुङ, गोखा तथा पोखरा क्षेत्रका करिब १००० जना लायन सदस्यहरुको उपस्थिती रहने आयोजकको अनुमान छ । साथै कार्यक्रम व्यवस्थित रुपले संचालन गर्नका लागि लायन सदस्य ज्युरुलाई समयमा नै रजिष्ट्रेसन गरि सहयोग गरिदिन आयोजकले अनुरोध गरेको छ। सामाजिक कार्यका क्षेत्रमा अग्रणी संस्थाको रुपमा कार्य गरिरहेको लायन्स क्लबले मानविय सेवा,स्वास्थ्य क्षेत्र लगायतका ठाउँहरुमा सेवाका कार्यहरु गर्दै आइरहेको छ ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९