२०८१ मंसिर १०, सोमबार
ललितपुर । महिलाहरूको घाँटीमा लगाएका सिक्री लुटपाट गर्ने समूहलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिकामा असार १७ देखि १९ गतेसम्म ४ वटा घटना भएको थियो । ललितपुर प्रहरीका अनुसार १७ गते ४ः१५ बजे ललिपुर–१० महर्जन गल्लीमा पेम्बाकुमारी तामाङको सुनको सिक्री लुटपाटको प्रयास भएको थियो । ४ः४५ बजे वडा नम्बर ११ की मिना शाक्यको ।
१८ गते वडा नम्बर ११ की ममता महर्जनको सुनको सिक्री लुटपाटको प्रयास भयो । भोलिपल्ट १९ गते साढे ४ बजे ललितपुर ४ धोविघाटमा शारिका कुशवाहको सिक्री लुटपाट भयो ।
सबै घटनामा सिक्री लुटपाट वा लुटपाटको प्रयास गर्ने लोलिनकाजी महर्जन भएको प्रहरीले बताएको छ । ६ वटा चोरी मुद्दा र २ लागु औषध मुद्दामा पक्राउ परेका उनले दुई जनाको सहयोगमा लुटपाट वा प्रयास गरेका थिए ।
घटनामा रविन्द्र महर्जन (स्कुटर) र रोहन नेपाली (मोटरसाइकल) चालकमा रूपमा प्रयोग भएको पाइएको प्रहरीको दाबी छ । सीसीटीभी फुटेजमा देखिएअनुसार लोलिनकाजी बच्चा स्कुलबाट लिएर फिर्किएका महिलालाई पछ्याउँथे, र घाँटीमा लगाएको सिक्री लुटेपछि पूर्व योजनाअनुसार अगाडि बसेका मोटरसाइकल/स्कुलमा चढेर भाग्ने गरेका थिए । ‘बच्चालाई छोडेर प्रतिकार गर्न नसक्ने भएकाले स्कुलबाट बच्चा लिएर आउने महिलाहरुलाई टार्गेट गरेको देखिन्छ’ ललितपुर प्रहरी प्रमुख एसएसपि शिद्धिविक्रम शाहले भने ।
एसएसपी शाहका अनुसार चोरी तथा लुटपाट गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सिसिटिभीमा देखिएको हुलियाको आधारमा खोजतलास गर्दै जाँदा ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. ११ लुकुसी बस्ने वर्ष ३२ को लोलिन काजी महर्जन, ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. ७ सुन्धारा बस्ने बर्ष ३१ को रबिन्द्र शाक्य र काठमाण्डौं जिल्ला, काठमाडौं महानगर वडा नं. २४, नरदेवी बस्ने बर्ष ३३ को रोहन नेपालीलाई अनुसन्धानको लागी पक्राउ गरी लागू औषध तथा चोरी सम्बन्धि कसुरमा ललितपुर जिल्ला अदालतबाट दिन ७ को म्यादथप गरी अनुसन्धान भईरहेको छ ।
प्रहरीले उनीहरुको साथबाट फेनारगन २ एम्पुल, डाईजेपाम २ एम्पुल, नोफिन २ एम्पुल, सिरिन्ज ५ पिस, पहेँलो रंगको सुन जस्तो देखिने सिक्री थान १, थान, बा २९ प १५६२ नं. को पल्सर मोटरसाइकल थान १,
बा ९९ प ३६२८ नं को स्कुटर थान १ रहेको छ ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९