२०८१ पौष १९, शुक्रबार
काभ्रे :- बाम लोकतान्त्रिक गठबन्धन दल मन्डनदेउपुर नगरले आज काभ्रेको कुन्ताबेशिमा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । गठबन्धन दल मन्डनदेउपुर नगरका सम्योजक डिल्लि प्रसाद आचार्यको सभापतित्वमा प्रमुख अतिथी नेकपा समाजबादिका पोलिटब्युरो सदस्य तथा पुर्ब संविधान सभा सदस्य कृष्णप्रसाद सापकोटाको आतिथ्यमा सम्पन्न कार्यक्रममा बाम गठबन्धन दलका नगरस्तरिय नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो । गठबन्धनमा खटपट हुन्छ र हामी चुनाब जित्छौ भनेर आशामा रहेका नेकपा एमालेका गोकुल बास्कोटालाई यो भेलाले आशालाइ निराशामा परिवर्तन गराइदिएको छ । यो भेलाले प्रतिनिधि सभा २ को जितको लागि एउटा राम्रो संदेश दिएको जिल्ला सचिब माधब ढकालले बताए । कार्यक्रममा बोल्दै प्रमुख कृष्ण प्रसाद सापकोटाले भने हाम्रो मतको कुनै हालतमा दुरुपयोग हुन दिदैनौ र भ्रष्टाचार र काण्डै कान्डले भरिएको उमेदवारलाई यो क्षेत्रमा जित्ने कुनै हक नभएको सापकोटाको भनाइ छ जस्लाइ बिश्वास गरेर जिताएर पठाएको थियो उस्को काम “भ्रष्टाचार र संविधान”मास्ने काम भयो अब जनताले आफ्नो भोट प्रयोग गर्दा विवेक प्रयोग गर्नु पर्नेमा जोड दिदै गठबन्धन दलका उमेदवार लाई जिताउन आग्रह गर्नु भयो । कार्यक्रममा बोल्दै नेकपा माओवादी कि केन्द्रिय सदस्य तथा समानुपातिक उमेदवार रुकु चैलागाइले भन्नू भयो नेकपा माओवादीले गठबन्धन दललाइ भोट हालेर जिताउछ सम्पुर्ण शक्ति प्रयोग गर्छ र मंसिर ४ गते पछि तेसको जस माओवादी केन्द्रले लिन्छ र आफ्नो बिकाशको हिंसा त्यो बेला खोज्ने बताउनु भयो । माओवादी जितको लागि निर्णायक शक्ति भएकोले ७० मा गोकुल बास्कोटाको हारलाइ सम्झदै ७४ मा गोकुल बास्कोटालाइ माओवादीले जिताएको र सक्छौ भने माओवादी बिना एक पटक जितेर देखाउन चुनौती दिनुभयो। तेस्तै नेकपा माओवादी काभ्रे जिल्ला संयोजक तथा समानुपातिक उमेदवार भोला अर्यालले यो पटक काभ्रेका ६ ओटै निर्बाचन क्षेत्र गठबन्धनका उमेदवारले जित्ने दाबी गर्नुभयो । तेस्तै नेपाली काङ्ग्रेस बागमती प्रदेश महामन्त्री तथा प्रदेशसभा २ (ख) का उमेदवार कन्चन चन्द्र बादेले गोकुल बास्कोटाको घर जाने बाटो बनाउने काम आफुले गरेको भन्दै बिकासको गफ मात्र बास्कोटाको र काम चाहिँ आफुले साम्सद हुने बेला गरेको हुदा मतदातालाइ भ्रममा नपर्न आग्रह गर्नु भयो । कार्यक्रममा बोल्दै नेका जिल्ला उपसभापती ठाकुर प्र न्यौपाने,नेका जिल्ला सचिव माधव ढकाल,नेका नेता अच्युत प्र पौडेल,समाजबादिका जिल्ला सचिव गोकुल गौतम नेका का समानुपातिक उमेदवार सुरकृष्ण वैध लगाएतले प्रशिक्षण कार्यक्रममा बोल्दै बाम लोकतान्त्रिक गठबन्धन लाई अत्याधिक बहुमतले जिताउन र काभ्रे जिल्लालाइ भ्रष्टाचार मुक्त जिल्ला बनाउन सबै जनता सचेत हुन आग्रह गरेका छन ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९