२०८१ मंसिर १०, सोमबार
काभ्रे :- नेकपा माओवादी केन्द्र काभ्रेले प्रतिनिधिसभा र प्रदेशसभाको आगामी चुनावलाई खुल्ला र समानुपातिक सदस्यहरु सिफारिस गरेको छ ।
काभ्रे जिल्लामा प्रतिनिधि सभाको २ छेत्र र प्रदेश सभाको ४ छेत्र गरि जम्मा ६ सभा रहेको छ । जसमा १ नम्बर छेत्रमा प्रत्यक्ष तर्फ जिल्ला कमिटी वैठकले प्रतिनिधि सभा सदस्यका लागि पाटीका इन्चार्ज सूर्यमान दोङ (लालध्वज), दिनानाथ गौतम (प्रयास) रत्न ढकाल,गंगा बहादुर तामाङ (बमध्वज) र प्रदेश अन्तर्गत १ (क) मा प्रत्यक्ष तर्फ टासी लामा लगाएत ५ जनाको नाम सिफारिस गरेको छ । तेस्तै १ को (ख) मा प्रत्यक्ष तर्फ दैबलाल घिसिङ (अनुसिल),होमबहादुर खुलाल लगाएत ४ जनाको नाम सिफारिसमा परेको छ । तेसै गरि प्रतिनिधि सभा छेत्र न २ को प्रत्यक्ष तर्फ सर्बसहमति रुपमा डा. भरत प्रसाद लामिछानेको नाम सिफारीस गरेको छ । प्रदेश सभा २ को (क) मा प्रत्यक्षमा रुकु चैलागाई लगाएत ३ जनाको नाम सिफारिसमा परेको छ रुकु चौलागाई पाटीको केन्द्रीय सदस्य समेत हुन् चौलागाईको नाम प्रत्यक्ष तथा समानुपातिक दुबैमा राखिएको छ । तेसै गरि प्रदेस सभा २ को (ख) बाट प्रत्यक्ष तर्फ रमेश तिमल्सिना, गोपाल घिमिरे,लगाएत ३ जनाको नाम सिफारिस भएको छ भने समानुपातिक तर्फ नेकपा माओवाद केन्द्र काभ्रेका इन्चार्ज क. भोला प्रसाद अर्याल,सामान्य प्रशासन बिभागको केन्द्रिय सदस्य उपेन्द्र श्रेष्ठ, सहित ३ जनाको नाम सिफारिसमा परेको छ ।
सत्ता गठबन्धन दलको भागबण्डा मिलेको खण्डमा काभ्रेको प्रतिनिधि सभा माओवादी १ कांग्रेस १ गरि भागबण्डा हुने स्रोतको दाबि छ प्रतिनिधि सभा छेत्र न १ माओवादीलाइ दिने र प्रतिनिधि सभा २ कांग्रेस लाइ दिने संभावना देखिन्छ। र प्रदेश सभामा समाजबादी केन्द्रलाई भाग पर्ने छ
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९