२०८१ मंसिर ६, बिहिबार
काभ्रे :- आज श्री ब्रम्हायणी माध्यमिक बिद्यालय गैरिबिसौनामा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाका प्रशासकीय प्रमुख डा. लाेक वहादुर लाेप्चनकाे प्रमुख आतिथ्य तथा शिक्षा शाखा प्रमुख डिक वहादुरकाे विशेष आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम वि. व्य. स. अध्यक्ष गाेकुल डाेटेलकाे सभापतित्वमा सम्पन्न भयकाे थियाे । यस वडा न ६ का यूवा वडा अध्यक्ष तथा यसै विध्यालयका युर्व विध्यार्थी साेम प्रसाद ढकाल (कुमार ) लगाएत अन्य अतिथीहरूले आफ्ना भनाईहरू राखेका थिए । डा. लोप्चनले ओखलढुंगामा कार्यरत हुदा गरेको सफल अभ्यासलाई काभेको मण्डनदेउपुर नगरपालिकामा पनि सफलता पुर्बक सम्पन्न गर्न सकिने भन्दै शिक्षक र प्र अ बिच तथा प्र अ र शिक्षक बिच करार सम्झौता गरि सिकाइमा ५०% नजिता कटाउने शिक्षक र प्र अ लाई प्रोत्साहन भत्ता र ५० % पुर्याउन नसक्ने प्र अ र शिक्षकलाइ सजाएको ब्यवस्था कडाइको साथ लागू गर्ने कुरो स्मरण गराउदै बिद्यालय पनि समाजकै एउटा सदस्य भएकोले समय समयमा बिध्यार्थिका अभिभावक पनि बिद्यालय आउनु पर्नेमा जोड दिए । शिक्षा प्रमुख राई ले हाम्रा चाडपर्वहरु बिद्यालमा पनि मनाउनु पर्ने जसले गर्दा हाम्रा सस्कृतिहरु पुस्तान्तरण हुँदै जाने जसले हाम्रो पाठ्यसामग्री को रुपमा पनि काम गर्ने बताउनु भयो बि व्य स अध्यक्ष डोटेलले बिद्यालयमा विद्यार्थीको शिक्षालाई सहजीकरण र प्रबिधि मैत्री शिक्षाको लागि आफू निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे । नेकपा माओवादी केन्द्र्का पुर्ब बिध्यार्थि नेता समेत रहेका डोटेल आफू बिध्यार्थी माझ बढी घुलमिल पनि भएको कारण बिद्यालय र बिध्यार्थी बिचको समन्वय कसरी हुन्छ भन्ने जानकारी रहेको बताए । कार्यक्रममा प्रतिभा पस्तुत गर्ने सम्पुर्ण भाइ बहिनिहरुलाइ तिजको शुभकामना स्वरुप डा. लोप्चन र राई बाट पुरस्कार समेत प्रदान गरिएको थियो ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९