२०८१ मंसिर ६, बिहिबार
काभ्रे :– बागमती प्रदेश सरकारका मुख्य मन्त्री राजेन्द्र पाण्डेलाइ काभ्रेका जनप्रतिनिधि हरुले गुनासो सुनाएका छन् |आज काभ्रेको धुलिखेलमा जिल्ला समन्वय समिति काभ्रेको छैठौँ जिल्ला सभालाई सम्बोधन गर्न मुख्यमन्त्री पाण्डे धुलिखेल आउनु भएको हो | उनले स्थानीय तह बलियो हुदाँ मात्रै नेपाल बलियो र समृद्ध हुने बताउनु भएको थियो ।
मण्डनदेउपुर नगर प्रमुख वाइबाले भने प्रदेशले हामीलाई बजेटमा कटौती गरेको छ | प्रदेशले नै आफ़ु खुशी बजेट बाढेको वाइबाको आरोप छ |
स्थानीय सरकार लिच्छपी कालदेखि नै रहेको भन्दै अहिले नै संघीयता काम नलाग्ने भयो भनेर बहस गर्ने अवस्था आइनसकेको बताउनुभयो । नेपालमा संघीयता भनेकै प्रदेश मात्रै भएको उहाँको भनाई छ । ‘अहिले संघीयता भनेको प्रदेश सरकार मात्रै हो । स्थानीय सरकार त लिच्छपी कालमा पनि थियो । हामीले यसलाई ब्यवस्थित गराउन आवश्यक छ । प्रदेशले कानुन समेत बनाउन नसकिरहेको अवस्थामा काम गर्नै सकेन भन्नु ६ महिनाको बच्चाले बारी जोतेन भन्नु जस्तै हो । मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।’
केपी ओली संघीयताको पक्षमा नरहेको भन्दै अहिलेका प्रधानमन्त्री शेर बहादुर देउवा पनि त्यहि बाटोमा लागेको उहाँले बताउनुभयो । ‘केपी ओलीले जर्बजस्त संघीयता स्वीकार गर्नुभएको हो । उहाँ संघीयताको पक्षमा कहिल्यै हुनु भएन । जनतालाई सजिलो बनाउन खोज्दा विरोध आउँछ भने त्यसलाई वास्ता गरिरहनुपर्ने अवस्था छैन् ।
केपी ओलीले नै गरेको कामलाई शेर बहादुर देउवाले पनि निरन्तरता दिएको भन्दै मुख्यमन्त्री पाण्डे असन्तुष्ति ब्यक्ति गर्नुभयो । ‘प्रधानमन्त्री देउवा पनि ओलीकै कामलाई निरन्तरता दिनुभयो । मैले पटक पटक भेटेर प्रधानमन्त्री ज्यूलाई भनेको छु । सुधार भएन । जसरी ओलीले राजा महाराजा जस्तै राज्यका निकायलाई आफु मातहात लिएर काम गरे । देउवाले पनि त्यसैलाई निरन्तता दिए । संघीयता प्रति हेर्ने दृष्किोणमा पनि फरक आएन । मुख्य मन्त्री पाण्डेले भन्नुभयो ।’
प्रदेशको सम्बन्ध सिंहदरबारसंग होइन, हेटौडासंग हुने हो । ‘अब स्थानीय तहको सिधा सम्बन्ध हेटौँडासंग हुन्छ । प्रमुख प्रशासकीय अधिकृत हेटौँडाले हेर्छ । प्रदेशमा मुख्य सचिब बाहेक सबै अन्य सचिब र कर्मचारीको ब्यवस्थापन प्रदेश आफैले गर्छ । अब सिंह दरबारसंग होइन हेटौँडासंग हुन्छ । त्यसको आवश्यक तयारी भैसकेको छ । मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।’
जनता सजिलो होस् भनेर आफ्नो कार्यकालमा मन्त्रलाय फुटाएको मुख्यमन्त्री पाण्डेको भनाइ थियो । ‘जनतालाई सजिलो होस् भनेर मन्त्रालय धेरै बनाइएको हो । अहिले धेरै समस्या हल भएका छन् । तपाईहरुले भोली भन्नु हुनेछ । मन्त्रालय धेरै बनाएर पनि काम त राम्रै पो भएछ भनेर । बागमती प्रदेश सरकारले वडा समाजवादी कार्यक्रम समेत लागु गरिसकेको छ । एउटा वडामा १ करोड रुपैयाँ दिएर पछाडि परेका वडाको विकास निर्माण गर्नेछौँ । मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।’
कार्यक्रममा संघीय सासद गंगाबहादुर दोङ्ग, नविना लामा, पुर्व राज्य मन्त्री सुर्यमान दोङ, संविधान सभा सदस्य तिर्थ लामा, रामहरी सुवेदी, काठमाडौ विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापा, जिल्ला समन्वय समिति महासंघका अध्यक्ष नवराज गेलाल, काभ्रेका निबर्तमान समन्वय समितिका प्रमुख उद्धव केसी, मण्डनदेउपुर नगरपालिका नगर प्रमुख टोकबहादुर वाईवा, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ्ग, पत्रकार महासंघका अध्यक्ष बद्रिराज तिमल्सिना लगायतले सभालाई शुभकामना मन्तब्य दिनुभएको थियो |
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९