२०८१ मंसिर ८, शनिबार
काभ्रे :- तेमाल गाउँपालिकाको नव निर्मित प्रशासकीय भवनको आज एक कार्यक्रमका बीच प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।
काभ्रेमा पहिलो गाउँपालिकाको भवन निर्माण गरि प्रधानमन्त्रीलाई पहिलोपटक गाउँपालिका ल्याएर उद्घाटन गरेको हो ।
गाउँपालिकाको २ करोड ६४ लाख र जिल्ला समन्वय समिति काभ्रेको २ करोड गरी ४ करोड ६४ लाखमा निर्माण सम्पन्न गरेको भवन सुविधा सम्पन्न रहेको छ । २०७६ सालमा शिलन्यास भएको भवन आज उद्घाटन भएको हो । २ बर्ष मै निर्माण कार्य सम्पन्न भएको उक्त भवनको उद्घाटन प्रधानमन्त्री देउवाले गरेका छन् भने शिलन्यास गाउँपालिकाका अध्यक्ष सलाम सिं लामाले गरेका हुन् ।
गाउँपालिका अध्यक्ष सलाम सी लामाले गाउँ पालिकाले विकासका अन्य प्राथमिकतामा प्रशासनिक भवन पनि रहेकाले स्थानीय सरकारको प्रत्याभूति गराउन भवन निर्माण सम्पन्न गरेको बताए । उपाध्यक्ष दुर्गामाया तामाङले पूर्वाधार निर्माणका धेरै कार्यको सुरुवात भएको जानकारी दिईन । कार्यक्रममा गाउँपालिका प्रवक्ता ज्ञानबहादुर तामाङले तेमाल ऐतिहासिक पालिका भएकोले भकुण्डे देखि मेच्छे पौवा सम्मको सडक कालोपत्रे गर्न, पुर्बाधारका अन्य कार्यमा संघ सरकारले सहयोग गर्नुपर्ने बताए । तेस्तै पूर्व उर्जा राज्यमन्त्रि नेकपा माओबादी केन्द्रका काभ्रे इन्चार्ज तथा केन्द्रीय सदस्य सुर्यमान दाेङ (लालध्वज) ले आजको आबस्यकता भनेको तेमालको बिकास र चुनाबी तालमेल गरि संसद हत्या गर्नेहरुलाई पाखा लगाउने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले समयमै सबै खाले निर्बाचन सम्पन्न हुने भएकाले निर्बाचनमा होमिनको लागि कार्यकर्तालाई आग्रह गरेका छन् । प्रधानमन्त्री ले भने तेमालमा समस्याहरु रहेछन तेस्को आबस्यकता अनुसार सहयोग गर्दै जाने पनि बताएका छन् ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९