२०८१ मंसिर १८, मंगलबार
बैतडी :- बैतडीमा ७५ हजार बाख्रालाई पीपीआर विरुद्धको खोप लगाइने भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका अनुसार यहाँका नौ पालिकाले याे खाेप अभियान सञ्चालनमा ल्याएको हो ।
शिवनाथ गाउँपालिका बाहेक अन्य पालिकामा भेडाबाख्रालाई पीपीआर विरुद्धको खोप लगाउने काम भइहरेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तले बताउनुभयो । प्रदेश सरकारको कार्यक्रम अन्तर्गत खोप अभियान सञ्चालन गरिएको हो । उहाँले भन्नुभयो, ‘नौ स्थानीय तहमा खाेप पठाएर प्राविधिकले खोप लगाउँदै छन्, शिवनाथमा पशु प्राविधिक नहुँदा ढिला भएको हो । अर्को ठाउँबाट प्राविधिक खटाएर अभियान सुरु गर्छाैँ ।’
राजमार्ग नजिकका ठाउँ र व्यावसायिक बाख्रापालन गरेका ठाउँलाई प्राथमिकतामा राखेर खोप लगाउने काम भइरहेको छ । प्रत्येक पालिकामा सात हजार डोज खोप पठाइएको छ । गएकाे वर्ष खोप लगाएका बाख्रालाई यो खोप नदिइने केन्द्रले जनाएको छ । बाख्रालाई पीपीआर रोग लागे ठूलो नोक्सानी हुने भएकाले त्यसबाट जोगाउन खोप अभियान सञ्चालन गरिएको हो ।
बाख्रालाई पीपीआर रोग लागेमा पखाला लाग्ने, र्याल र सिँगान बगाउने, उच्च ज्वरो आउने लक्षण देखा पर्छ । अन्त्यमा बाख्रा मर्ने गर्छन् ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९