२०८१ मंसिर ६, बिहिबार
भक्तपुर :- भक्तपुरमा विद्यार्थीहरुले कोरोना विरुद्धको अमेरिकी खोप ‘मोर्डना’ लगाउन सुरु गरेका छन । १२ देखी १७ वर्ष उमेर समूहका विद्यार्थीले सो खोप लगाएका हुन् ।
भक्तपुरका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु लक्षित गरी जारी खोप अभियान अन्तर्गत मंगलवार सम्म करिब ६ हजार भन्दा बढी विद्यार्थीले मोर्डना खोप लगाएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयका अनुसार मंगलवार सम्म जिल्लाको करिब ६ हजार भन्दा बढी विद्यार्थीले मोर्डना खोप लगाएका छन्
चाँगुनारायण र सूर्यविनायक नगरपालिकाभित्रका विद्यालयहरुमा खोप अभियान सम्पन्न भएको तर मध्यपुर थिमि र भक्तपुर नगरपालिकाका विद्यालयहरुमा भने मंगलवारदेखी खोप अभियान शुरु भएको हो नगरपालिकासंग मिलेर स्वास्थ्य कार्यालयले खोप अभियान संचालन गरेको छ ।
सिसिएमसिको सिफारिसमा शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेपनि खोप अभियान भने जारी रहने छ ।
भक्तपुर नगरपालिकाले खोप अभियान बिहान ९ बजेदेखि ३ बजेसम्म सञ्चालन हुने जनाएको छ । खोप लगाउन विद्यार्थीहरुले विद्यालयको परिचयपत्र अनिवार्य साथमा ल्याउनुपर्ने प्रावधान बनाएको बताइएको छ । यसले कुन विद्यालयका कति विद्यार्थीले खोप लगाए भन्ने तथ्यांक थाहा हुने नगरपालिकाले जनाएको छ ।
खोप अभियानको लागि भक्तपुर नपाले विभिन्न विद्यालय तथा कलेजहरुमा खोप केन्द्र तोकेको र मंगलवार उल्लेख्यरुपमा विद्यार्थीहरु उपस्थित भई खोप कार्यक्रममा सहभागी भएको भक्तपुर नगरपालिकाले जनाएको छ
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९