२०८१ मंसिर ८, शनिबार
लाजनीति’ अरे! कुना कुनामा समृद्धिका कुरा गर्छौ भोट माग्न जाँदा
चुनाव सकिन्छ जनतालाई केही छैन तिमिले अरबौं खाँदा ।
निमुखाको जनस्वास्थ्यको ख्याल छैन कुर्सी कसरी बचाउने
तब!भाषणमा शक्तिशाली सरकार भन्दै दुनियाँलाई हँसाउने ।
आफन्तका पहुँचको खेल बाहेक राजनीतिले केही गरेन
गाउँ गाउँमा उपचार नपाई जनता मर्दा जिम्मेवार हुनु परेन ?
सिलान्यास र उद्घाटनमा प्रधानमन्त्री सांसदहरु खरिद बिक्री
विकास होस नहोस नेतालाई छैन हजुर कुनै कुराको फिक्री ।
हरे शिव!आफू बने आफ्नालाई बनाए फरक मतलाई दण्ड
अरे!यार हेरन,अझैपनि गर्दै छन् रे शक्ति उन्मादको घमण्ड !
प्रकृतिको सर्वश्रेष्ठ ठुलो मानिन्छ हामी मानवको जीवन
नेता ज्यु सायद केही समय नकाट्दा नी हुन्छ होला रिबन ।
खोइ! भ्रष्टाचार सकिएन नियन्त्रण गर्न जोगाउन सकिएला
कमिसन दिने रकमले स्वास्थ्य चौकिमा केही बेड थपिएला ।
संविधानमा मौलिक हक छ जनताले स्वास्थ्य सेवा पाउनुपर्ने
निमुखा जनता छटपटीमा पर्दा सरकार नै घरमा आउनुपर्ने ।
सधैं फुट्ने होईन जुटेर कुन कन्दरा बिकास गर्न पर्ने थियो
खोइ किन? यो देशको राजनीतिले जनतालाई धोका दियो ।
खोइ!किन? लाचार बन्दै गयो राजनिति जनमतको कदर छैन
कार्यकर्ता जमघट ठुलो देखाउने प्रतिष्पर्धा हुन थाल्यो होईन ?
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९