२०८१ मंसिर ७, शुक्रबार
कास्की :- (पोखरा) पोखरा महानगरपालिका-१५ गलेश्वर चोकस्थित न्यू लाईफ स्कूलमा बस्ने ६ वर्षीय बालकलाई होष्टेलकी वार्डेन जानुका नेपालीले राती सुत्दा ओछ्यानमा पिसाब फेर्छ भनेर लिङ्गमा रबरले बाँधेर यातना दिएकी छिन
बालबालिका विरुद्धको कसूर गरेको अभियोगमा पोखरा महानगरपालिका-१४ बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका-२ स्थायी वतन भएकी २७ वर्षीया जानुका नेपालीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । घटना सम्बन्धमा बालबालिका सम्बन्धी ऐन,२०७५ अन्तर्गत बालबालिका विरुद्धको कसूरमा जाहेरी पश्चात् नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमति लिई घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९