२०८१ मंसिर ८, शनिबार
काठमाडौं :- सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं महाधिवेशनको पहिलो चरणमा कुनैपनि उमेद्वारले बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन सुरु भएको छ । गृह मन्त्री नेता खाँड प्रकाशमान निवासमा बार्ता भए लगत्तै नेता सिंह देउवालाई समर्थन गर्ने भएका छन आखिर कुन पद र कति मुल्य निर्धारण गरे वार्तामा र देउवाको समर्थनमा आए नेता प्रकाश मान सिंह।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापतिका उम्मेदवार प्रकाशमान सिंहले आफू पहिलो चरणमा विजयी नभए दास्रो चरणमा सबै मिलेर शेरबहादुर देउवालाई हराउनु पर्ने बताएका थिए । पहिलो चरणमै म विजयी हुन्छु,यदि पहिलो चरणमा नतिजा निस्केन भने दास्रो चरणमा हामी सबै मिलेर देउवालाई हराउछौँ नेता प्रकाशमान सिंहले भनेका थिए । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पाँच जना सभापति पदका लागि उम्मेदवार छन्। सभापतिकै दावेदार विमलेन्द्र निधिले पनि चुनाव दोस्रो चरणमा गएपछि आफूहरु मिलेर देउवालाई पराजित गर्ने दावी गरेका थिए तर पहिलो चरणको मतदान सकिए लगत्तै भएको मत गणनामा कुनै पनि उमेद्वारले बहुमत नल्याए पछि दोस्रो चरणको मतदान आजै हुने भएपछि प्रकाशमान सिंह निवासमा गृहमन्त्री बालकृष्ण खाँण र नेता सिंह बिच बार्ता भएको थियो सो बार्ता पछि नेता सिंह देउवालाई समर्थन गर्न तयार भएका छन्। हिजो सम्म देउवालाई हराउन कम्मर कसेर लाग्ने दाबि गरेका नेता बिमलेन्द्र निधिले पनि आज दोस्रो चरणको निर्वाचन मा देउवालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।आखिर कहाँ निर कति कति कुन कुन मुल्य निर्धारण गरे त देउवा ले आफ्नो पोल्टामा ल्याउन नेता सिंह र नेता निधीलाई ? यो प्रश्न आम नेपाली जनता र तल्लो दर्जाका कांग्रेसी कार्यकर्ताको मनमा कहुल्ता नै बनेको छ। हिजो सम्म दोस्रो चरणमा देउवालाई हराउन पर्छ भन्दै गरेका नेता सिंह आज किन समर्थनमा गए भन्ने जनचासो रहेको छ भने धेरै जसो नेता तथा कार्यकर्ताहरुले गणेशमानको प्रतिष्ठा प्रकाशमान ले बेचेको आरोप पनि लगाए २०४६ साल देखि हालसम्म देउवाले आफु पद पाउन मात्र संघर्ष गरे पनी पाटि भित्र परिवर्तन गर्न नचाहेको आम कार्यकर्ताहरुको बुझाइ छ |
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९