२०८१ मंसिर ७, शुक्रबार
काठमाडौं :- नेपाली कांग्रेसको १४ औं महाधिवेशन हिजोबाट सुरु भएको छ । पार्टीको केन्द्रिय सदस्य पदमा युवा नेता हरिबोल भण्डारीले उम्मेदवारी दिने घोषणा गरेका छन् । आज शनिबार हुने उम्मदवारको मनोनय दर्तामा आफुले केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिन लागेको भणडारले बताए ।
पार्टीको युवाहरुको भूमिकालाई सशक्त बनाउन र राष्ट्रियता बलियो बनाउन आफ्नो उम्मेदवारी दिने भण्डारीले बताए । महासमिती सदस्य समेत रहेका भण्डारी काठमाडौं ३ बाट अत्याधिक मतका साथ महाधिवेशन प्रतिनिधि हुन कांग्रेसलाई सुदृढ र सशक्त बनाउन आफ्नाे उमेदवारी भएकाे उनले बताएका छन् । `मेरो सकृय राजनीतिको केही मुलभूत मान्यताहरुछन्। नेपाली कॉंग्रेसको स्थापनाकालिन उद्देश्य र सिद्धान्तलाई पुर्नजागृत गर्दै बिपी कोईरालाले देख्नु भएको समाजबादी समाजमा नेपाली समाजलाई पुर्याउनु पहिलो र अन्तिम कर्तव्य संझेको छु´ उनले भने,`म संग एउटा सपना छ। मेरो त्यो सपनालाई पुरागर्ने इच्छाशक्तिले मलाई प्रत्येक दिन लखेट्दै छ। मेरो दौडाईको त्यो क्रमममा केवल एउटा चिजको खॉंचो छ। त्यो तपाईहरुको साथ सहयोग र समर्थनकाे अपेक्षा गरेकाे छु । उनको भनाइ छ
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९