२०८१ मंसिर ७, शुक्रबार
सप्तरी :- सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच मंगलबार कुटाकुट भएको छ । गाउँ कार्यपालिकाको बैठकका क्रममा अध्यक्ष सूर्यनारायण मण्डल ‘कुरुड’ र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट हुँदा अध्यक्ष मण्डलको दुईवटा दाँच भाँचिएको छ । वडा नम्बर ३ का अध्यक्ष दीपेन्द्र यादवका अनुसार किसानलाई गहुँको बिऊ वितरण गर्ने विषयमा उनीहरुबीच विवाद भएको थियो । ‘यही विषयमा भनाभन भएपछि उपाध्यक्षले कुर्सी उठाएर अध्यक्षमाथि प्रहार गर्न खोज्नुभयो । त्यही क्रममा झडप हुँदा अध्यक्षज्यूको दुई वटा दाँत भाँचिएको छ’ उनले भने । अध्यक्ष र उपाध्यक्षबीचको विवादका कारण गाउँपालिकाको पछिल्लो दुई बर्षको गाउँसभा हुन नसक्दा कर्मचारीले तलब नपाएको भन्दै आन्दोलन गरेका थिए । कर्मचारीको आन्दोलनपछि एक साताअघि मात्रै गाउँसभा भएको थियो । उपाध्यक्षले कुर्सी उठाएर अध्यक्षमाथि प्रहार गर्न खोज्दा उनकै हातको चुरासमेत फुटेको वडा अध्यक्ष यादवले बताए । ‘उहाँको हातमा सामान्य चोट पनि लागेको हामीले हेर्यौं’ उनले भने। सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले घट्नाबारे आफूहरुले पनि जानकारी पाएको बताए । ‘घटनापछि उहाँहरु आफैं घरतिर जानुभएको रहेछ । कुनै पनि पक्षले प्रहरीलाई जानकारी गराएको छैन’ उनले भने । घटनापछि अध्यक्ष र उपाध्यक्षको मोवाइलमा सम्पर्क हुन सकेको छैन ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९