२०८१ मंसिर ७, शुक्रबार
काठमाडौ :- उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा फुसालले रामेछापमा विधुत र सिंचाइ समस्या भए सबै समाधान गरिदिने प्रतिबद्धता गरेकी छिन् । नेकपा माओवादी केन्द्र रामेछाप नगरपालिका काठमाडौ सम्पर्क समन्वय समितिले आज काठमाडौमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो प्रतिबद्धता गरेकि हुन ।
उनले आफुले उर्जा, सिंचाइको विषयमा जनमुखी काम गर्दै अगाडिको बढेको उल्लेख गर्दै उनले रामेछाप जनयुद्ध र कम्युनिस्टको उद्गम थलो भएको कारण पनि आफुले विशेष प्राथमिकता दिने बताइन् ।
उनले नयाँ जनवादी क्रान्ति पूरा भएको र अब त्यसलाई बिकास गर्दै समाजवाद हुँदै साम्यवादमा पुग्ने कार्यदिशाको बिकास गर्ने कार्यभार माओवादीले मात्र पुरा गर्न सक्ने बताइन् । माओवादीहरु एक नहुदा प्रतिक्रान्ती हुने भन्दै अब सबै माओवादीहरु एक भएर लाग्नु पर्ने उनले बताइन् । उनले भनिन्, ” केही साथीहरू छुट्टै बस्ने हो कि भन्ने सोच्नु भा छ । तर, हाम्रो जीवन व्यवहारले नै पुष्टि गरेको छ कि हामी छुट्टीएर बस्नु सकिदैन ।”
छरिएर रहेको कम्युनिस्टहरु एक भएपछि मात्र कम्युनिस्टहरुले लिएको लक्ष पूरा हुने बुझेको कारण प्रचण्डले एमाले सङ पार्टी एकता गरेर अगाडी बढेको उनले बताइन् । उनले ओलिले व्यक्ति केन्द्रित भएर सरकार चलाएको कारण अहिले नेपालमा यो खालको राजनीति अस्थिरता आएको उनले आरोप लागाइन । उनले माओवादीहरुले देश बिदेशको क्रान्तिका कुरा अध्ययन गरेपनी हामिले अब हाम्रो कार्य र विगतबाट सिकेर अगाडि बड्नु अहिले आवस्यक रहेको उनले बताइन् ।
शुभकामना कामना आदानप्रदान कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इन्जार्ज युवराज चौलागाईले क्रान्तिकारीले पछिल्लो समस्य विवेक गुमाउदै गएको उल्लेख गर्दै क्रान्तिकारी सचेत हुनुपर्ने समय आएको बताए । उनले सबै कार्यकर्तालाई सचेत भएर पार्टी निर्माण लाग्न आग्रह गरे ।
कार्यक्रममा शुभकामना दिदै केन्द्रीय सदस्य तथा संघीय सांसद श्यामकुमार श्रेष्ठले देशको विकास माओवादीले गरेको भन्दै अब पनि माओवादीले देशको बिकासमा दृढ भएर लाग्ने बताए । उनले रामेछापको हरेक बिकासमा सबै माओवादी र आफुले सहभागी भएर गरेको श्रेष्ठले बताए । उनले रामेछापको विकासमा आफुले अहोरात्र खटेको र पार्टिले पहिलो पक्तिमा रहेर काम गरि रहेको उनले बताए ।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बागमती प्रदेशको सदस्य टंकलाल घिसिङले अब माओवादीले आफुले गरेको कामलाइ प्रचार गर्नु पर्ने बताए ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९