प्रेस सेन्टर नेपाल बागमति प्रदेश अध्यक्षमा धुर्ब अधिकारि ।
बागमती छड्के६४ पटक पढिएको प्रकाशित मिति: २०८१ फागुन ६, मंगलबार (३ हफ्ता अघि)
सिन्धुपाल्चोक :- प्रेस सेन्टर नेपाल बागमती प्रदेशको पाँचौं प्रदेश अधिवेशनबाट अध्यक्षमा ध्रुव अधिकारी सहित कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छन् । अधिवेशन हिजाे सिन्धुपाल्चाेक जिल्लाकाे सुकुटेमा सम्पन्न भएको थियाे ।
अधिवेशनले उपाध्यक्षमा राजन अधिकारी, समावेशी उपाध्यक्षमा गौतम जिरेल, महिला उपाध्यक्षमा अञ्जली तामाङ चयन भएका छन् ।
यस्तै, महासचिवमा नवीन श्रेष्ठ, खुला सचिवमा सुमन गैरे,मणिसुन्दर कोइराला, जनजाति सचिवमा रोजन तामाङ, महिला सचिवमा भावना रिजाल, दलित सचिवमा गम्भीर विक र कोषाध्यक्षमा राजेन्द्र गजुरेल चयन भएका छन् ।
सिन्धुपाल्चोकको सुकुटेस्थित भोटेकोसी बीच रिसोर्टमा सम्पन्न प्रेस सेन्टर नेपाल बागमती प्रदेशको पाँचौँ अधिवेशन नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख अग्नि सापकोटाले उद्घाटन गरेका थिए ।