२०८१ फागुन २८, बुधबार
काभ्रे :- काभ्रेको चौरिदेउरालि गाउँपालिकाले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि २०५२ साल फागुन १ गतेदेखि सुरु भएको जनयुद्धको स्मरण र जनयुद्धका क्रममा बलिदान दिनुहुने ज्ञात अज्ञात सहिदहरू प्रति उच्च सम्मान दिनको लागि बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष रेणुका चौलागाईंद्वारा जारी सूचना अनुसार गाउँपालिका अन्तर्गतका सम्पूर्ण वडा कार्यालयहरू, विद्यालय, स्वास्थ्य संस्थाहरू लगायत सबै सरकारी कार्यालयहरूमा भोली एक दिन सार्वजनिक बिदा दिइएको छ ।
चौरिदेउरालि गाउपालिकाको अध्यक्षमा नेकपा माओबादि केन्द्रबाट बिजयि भएको हो ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९