देशभरका ७ सय ५३ स्थानीयमध्ये नीलकण्ठ नगरपालिकाले ९२.५० अंक पाएको छ। स्वमुल्यांकनमा रुपन्देहीको तिलोतमा नगरपालिका दोस्रो र रत्ननगर नगरपालिका तेस्रो हुन सफल भएको हो ।
बेनीघाट रोराङले ८७.२५ अंक पाउँदै गाउँपालिका तर्फ प्रथम भएको हो । गाउँपालिका तर्फ देशभरमा रुरुक्षेत्र ८७ अंक सहित दोस्रो र इन्द्रावती गाउँपालिका ८७ अंक सहित तेस्रो भएको छ।
एक कार्यक्रमका बिच नीलकण्ठ नगरपालिकालाई मन्त्रालयका सचिव भरतमणी सुवेदीले सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा धादिङबाट नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा, प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुबेदी लगायतका सहभागी थिए।
नीलकण्ठका नगर प्रमुख भीम प्रसाद ढुंगानाले आर्थिक पारदर्शीता र जवाफदेहितालाई मुख्य प्राथमिकतामा राखेर नगरपालिकाले काम गर्दै आएको भन्दै जनप्रतिनिधि तथा कर्मचारी सबैको सामुहिक प्रयासले संस्थागत सुधारमा सकारात्मक नजिता प्राप्त गर्न सफल भएको बताए ।
प्रथम स्थान हासिल गराउन भुमिका खेल्ने जनप्रतिनिधी, कर्मचारी लगायत सरोकारवाला निकायहरुलाइ नगरप्रमुख ढुंगानाले धन्यवाद ब्यक्त गरे । नगर उपप्रमुख दिपक विश्वकर्माले यो उत्कृष्ट नतिजाले विकास निमार्ण, शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रहरुमा थप परिस्कृत गर्न उत्साह थपेको बताएका छन् ।
विभिन्न १० विधामा भएको परीक्षणका आधारमा स्थानीय तहहरूको स्वमूल्यांकनको कुल अंक निर्धारण हुने गर्दछ। कुल एक सयवटा सूचकको एक सय अंक निर्धारण गरी हरेक सूचकमा भएको प्रगति र त्यसको प्रमाणको आधारमा स्वमूल्यांकन प्रणालीमा अंक निर्धारण हुने गर्दछ।
गाउँ/नगरपालिकाको कार्यप्रकृया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रकृया र विकास व्यवथापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिष्पर्धाको भावना जागृत गराउने उद्देश्यले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन गरिएको मन्त्रालयले जनाएको छ ।