निर्भीद मोटर्सको नयाँ शोरूमले स्थानीय समुदायको मोटर बाइक र स्कुटरका आवश्यकताहरू पूरा गर्ने उद्देश्य राखेको छ । जसमा विभिन्न टिभिएस मोडेल उपलब्ध गराइने निर्भीद मोटर्सका सञ्चालक रुपेश श्रेष्ठले बताए, सोरुममा सात लाख उनान्सय हजार सम्मका बाइक शो गरिएको थियो । उनका अनुसार टिभिएस सवारीसाधनको प्रदर्शनसँगै शोरूमले पाँच प्रकारको सेवा प्रदान गर्ने समेत बताए ।
जगदम्बा मोटर्स प्रा.लीको नेपालमा टिभिएसका दुईपाँग्रे सवारीसाधनको एकमात्र आधिकारिक वितरक हो । देशभर १ सय ५० भन्दा बढी डिलरबाट ग्राहकलाई सन्तुष्ट बनाउन सफल भएको बताएका छन् ।