२०८१ मंसिर ६, बिहिबार
काभ्रे :- धुलिखेल नगरपालिकाको १५ औं नगर सभा आज सम्पन्न भएको छ । नगरसभाले आगामी आर्थिक बर्षका लागि १ अर्ब ५ करोड ९५ लाख २५ हजार रकम विनियोजन गरेको छ । धुलिखेल नगरपालिका नगर सभाको १५ औं नगर सभामा नगर प्रमुख अशोक ब्याञ्जुले आगामी आर्थिक बर्षका लागि बजेट प्रस्तुत गरेका हुन ।
धुलिखेल नगरपालिकाको नीति तथा कार्यक्रममा कम्तीमा एक वडा एक डिजिटल विद्यालय विकास गरिने, परियोजना र प्रयोगात्मक मुल्यांकनका लागि एक विद्यालय एक सार्वजनिक स्थल संरक्षण कार्यक्रम सन्चालन गरिने उल्लेख छ । यस्तै चालु आर्थिक बर्षमा धुलिखेल नगरपालिकामा ७ हजार ३ सय ४२ घरधुरीमा ब्यवस्थित खानेपानी सुविधा पुगेको नगर प्रमुख ब्याञ्जुले बताए
धुलिखेल नगरपालिका अन्तर्गत वडा स्तरीय योजनाको प्रगतिलाई हेर्दा वडा नम्बर २ मा सबैभन्दा बढी ९४.९४ प्रतिशत र सबैभन्दा कम वडा नम्बर ६ मा ४३.२४ प्रतिशत प्रगती भएको उप– प्रमुख निराजन जंगमले बताए । नगर सभामा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरले १५ औं नगर सभाको बारेमा जानकारी गराउदै नगर सभा सदस्यलाइ स्वागत गरेका थिए ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९