२०८१ मंसिर ६, बिहिबार
काठमाडौँ । गैर आवासीय नेपाली संघ ९एनआरएनए० का अध्यक्ष राजेन्द्रकुमार (आर के) शर्मा नेतृत्वको टोलीले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेको छ ।
जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रहरु पुगेर राहत सामग्री वितरण गरेपछि उपप्रधानमन्त्री खड्कासँग सुर्खेतस्थित उनकै निवासमा एनआरएन टोलीले भेटवार्ता गरेको हो । भेटवार्तामा अध्यक्ष शर्मासहित निवर्तमान अध्यक्ष रविना थापा,महासचिव बुद्धि सागर सुवेदी,युरोप संयोजक चिन्तामणी सापकोटा, एनआरएन अभियन्ता ओम शर्मालगाएत सहभागी थिए ।
सो अवसरमा अध्यक्ष शर्माले एनआरएनएले भूकम्प प्रभावित क्षेत्रमा वितरण गरेको राहत सामग्रीको बारेमा जानकारी गराएका थिए । यसैगरी आगामी दिनमा पनि गैर आवासीय नेपालीहरुको ज्ञान र सीपका आधारमा भूकम्प पछिको पुनःनिर्माणमा पनि आफूहरूले सरकारसँग समन्वय गरेर काम गर्ने उनले प्रतिबद्धता जनाए ।
जवाफमा उपप्रधानमन्त्री खड्काले विपद्को बेला सबै एकजुट भएर सहयोग गर्नु पर्ने र त्यसका लागि एनआरएनएले गरेको कामको सरकारले उच्च मूल्यांकन गर्ने बताए । आगामी दिनमा पनि सरकारले एनआरएनहरुसँग मिलेर काम गर्ने बताउँदै विपद्का बेला सहयोग गर्ने विदेशमा बस्ने सवै नेपालीहरुलाई उनले धन्वयवाद पनि दिए ।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दू भएर गत शुक्रबार गएको ६.४ रिक्टर स्केलको भूकम्पबाट ठूलो मानवीय र भौतिक क्षति नभए पछि अहिले राहत वितरण र उद्धार कार्य भइरहेको छ ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९