२०८१ माघ १५, मंगलबार
काठमाडौँ । आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोट प्रतियोगिताको उपाधि ओमानले जितेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको फाइनल खेलमा नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले उपाधि जितेको हो ।
नेपालले प्रस्तुत गरेको १८५ रनको लक्ष्य पछ्याएको ओमानले ९ विकेटको क्षतीमा १८४ रन बनाएपछि खेल सुपर ओभरमा गएको हो ।
सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । अबिनाश बोहराको ओभरमा तीन छक्का प्रहार गर्दै ओमानले नेपाल समक्ष सुपर ओभरमा ठुलो चुनौती प्रस्तुत गरेको थियो ।
तर नेपालले सुपर ओभरमा राम्रो ब्याटिङ प्रर्दशन गर्न सकेन । बिलाल खानका अघि नेपाली ब्याटर चल्न सकेनन् ।
कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको थियो ।
कप्तान रोहित कुमार पौडेलको अविजित ५२ रनको इनिङ्समा गुल्सन झाले २५ बलमा ५४ रनको विस्फोटक पाली खेलेका थिए । गुल्सनले २५ बलमा ५ चौका र ४ छक्काको मदतले सो रन बनाएका थिए ।
ओपनर कुशल भुर्तेलले ३१ रन बनाएको इनिङ्समा आसिफ शेखले ६, सन्दीप जोराले १० र कुशल मल्लले ३ रन बनाएका थिए । विवेक यादव १ रनमा आउट हुँदा करन केसी २० रनमा अविजित रहे ।
ओमानका बिलाल खानले ३ तथा आकिब इलियासले २ र जिशान मकसुदले १ विकेट लिएका थिए । नेपाल र ओमान यसअघिनै अर्को वर्ष हुने टी–२० विश्वकपमा छनोट भैसकेका छन् ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९