२०८१ मंसिर ८, शनिबार
काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर कर्जाको सीमा बढाएको छ। राष्ट्र बैंककै नीतिका कारण शेयर बजार घटेको र बजार चलायमान हुन नसकेको भनेर चौतर्फी आलोचना भएपछि राष्ट्र बैंकले दुई वर्षअघि कायम गरेको सीमा बढाएको हो।
यसअघि समग्र वित्तीय प्रणालीबाट १२ करोडभन्दा बढी ऋण लिन नपाइने व्यवस्था भएकामा त्यसलाई बिहीबार बैंक तथा वित्त संस्थालाई निर्देशन जारी गर्दै १५ करोड पुर्याइएको छ।
संस्थागत लगानीकर्ताका लागि यस्तो कर्जाको अधिकतम सीमा २० करोड कायम गरेको छ। यसअघि व्यक्तिगत र संस्थागत दुवैतर्फ १२ करोडको सीमा थियो।
नेपाल राष्ट्र बैंकले बजार उच्च अंकमा रहेका बेलामा यस्तो सीमा तोकेको थियो।
त्यसैगरी घरजग्गा चलायमान बनाउन सरकारको नीतिलाई सहयोग पुग्ने गरी कर्जाको सीमा संशोधन गरेको छ।
यसअघि काठमाडौं उपत्यकामा जग्गाको धितोको ४० प्रतिशतसम्म ऋण दिन पाइने गरेकामा अब राष्ट्र बैंकले त्यसमा संसोधन गरी ५० प्रतिशत पुर्याएको छ। काठमाडौं उपत्यकाबाहिर भने यसअघि पनि ५० प्रतिशतकै सीमा कायम थियो।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९