कुटपिटबाट प्रहरी जवाफ भण्डारीको एकपट्टिको कान नसुन्ने भएको र अर्का जवान अधिकारीको टाउकोमा समस्या हुँदा समेत उनीहरुलाई उपचारको लागि बाहिर जान नदिएपछि यो सूचना बाहिर आएको हो ।
हामीले यस विषयमा एसपी खड्कासंग कुरा गर्दा उनले ती दुई जवानहरुले काभ्रेमा काम बिगारेको कारण बागमती प्रदेश प्रहरी कार्यालयले उनिहरुलाई तानेर गणमा पठाएको र हिजो राति मदिरा सेवन गरेर होहल्ला गरेको कारण विभागीय कारबाही गर्ने तयारी गरेकाले यसरी आफुमाथी गम्भीर आरोप लगाएको बताए ।
तर प्रहरी जवानहरु भण्डारी र अधिकारीले काभ्रेमा कुनै काम बिगारेको कारण तानेको नभई गत असार १६ गते प्रदेशभरिका सिभिल प्रहरीहरुलाई बागमती प्रदेश प्रहरी कार्यालयले तान्ने क्रममा उनीहरुलाई पनि तानेर गणमा पठाएको खुलेको छ ।
काभ्रेमा रहदा राम्रो छवि बनाएको ती जवानहरूलाई किन एसपी खड्काले कुटपिट गर्यो भन्ने विषय भने अझै प्रष्ट खुलेको छैन । उनीहरुलाई गणमा विना कारण शारिरिक तथा मानसिक यातना दिएर राखेको र मदिरा सेवान समेत नगरेको जवानको दाबी छ ।