२०८१ मंसिर ९, आईतबार
काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति देखि स्वचालित मूल्य प्रणाली लागु गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
निगमले डिजेल र मट्टीतेलमा प्रति लिटर ४ रुपैयाँ, पेट्रोलमा प्रति लिटर ६ रुपैयाँ र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँले घटाएको छ । वर्ग अनुसार भने मूल्य फरक फरक पर्ने छ ।
स्वचालित मूल्य प्रणाली लागु भएसंगै भारतबाट मूल्य बढेर आए स्वत बढ्ने र भारतबाट घटेर आए स्वत घट्ने छ। निगमले अब उप्रान्त डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत मात्र नाफा खाने जनाएको छ । खाना पकाउने ग्यासमा भने नाफा नलिई लागत मूल्यमै बिक्री गरिने निगमले जनाएको छ।
हवाई इन्धनको हकमा भने आयल निगमले स्वचालित मूल्य प्रणाली लागु गरेको छैन । हवाई इन्धनको हकमा निगमको संचालक समितिले नै निर्णय गर्ने छ ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९