२०८१ मंसिर ६, बिहिबार
भक्तपुर :- भक्तपुरको गट्ठाघरमा आयु सुपरस्पेशियालिटी किल्निक संचालनमा आउने भएको छ ।
जर्मनहोम्ससँगै रहेको आयु भवनबाट यहि माघ १२ गते श्रीपञ्चमीको दिनबाट विधिवत् रुपममा यो किल्निक शुभारम्भ हुने व्यवस्थापक बिकाश थापाले आज एक पत्रकार सम्मेल गरि जानकारी दिएका हुन ।
‘भक्तपुर जिल्ला र यस पूर्वका जिल्लाका सर्वसाधरणहरुको स्वास्थ्य उपचार सेवालाई सहज, सरल र गुणस्तरिय बनाउन हामीले यो क्लिनिक संचालनमा ल्याएका हौं,’ व्यवस्थापक थापाले भने ।
एउटै छानामूनी २० वटा विभाग अन्तरगत सबै प्रकारका विशेषज्ञ डाक्टर, गुणस्तरिय ल्याव, सहितको सेवा दिने यस संस्थाले जानकारी दिएको छ ।
यहाँभित्र आन्तरिक चिकित्सा, आन्तरिक चिकित्साको विशेष सेवाहरू
ग्यास्ट्रोन्टेरोलजी, पल्मोनोलोजी, कार्डियोलोजी, बाथविज्ञान, न्यूरोलोजी
र सामान्य शल्यक्रियाको सुविधा हुने किल्निकका अध्यक्ष प्रा.डा.सुरज बज्रचार्यले बताए ।
ग्यास्ट्रो सर्जरी, ल्याप्रोस्कोपिक सर्जरी, अर्थोपेडिक शल्यक्रिया, स्पाइन सर्जरी, ट्रमा सर्जरी, बाल चिकित्सा ओर्थोपेडिक्स सर्जरी ड्ड आर्थोस्कोपिक शल्यक्रिया, प्रसूति तथा स्त्रीरोग,इनभिट्रो फर्टिलाइजेशन र बाल रोगको उपचार समेत हुने डा. बज्रचार्यले जानकारी दिए ।
७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई हामीले दिने सेवामा २५ % आजीवन छुट प्रदान गर्ने र अपाङता भएकाहरुलाई पनि यो सुविधा लागु हुने छ ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९