२०८१ मंसिर ६, बिहिबार
धुलिखेल :- रासायनिक मलको अभावले यतिबेला देशभर किसानले मल पाएका छैनन्। मल नपाएर चिन्तित भएका किसानलाई घाउमा मलहम लगाउनुको साटो किसानको घाउमा नुन छर्ने काम स्थानीय सरकारबाट भएको पाइएको छ ।
जिल्लाको धुलिखेल नगरपालिका वडा नं ४ का किसानहरुले रासायनिक मल कुरेर बसेको महिनौँ बितिसक्यो । यता किसानहरु कुन बेला मल आउँला र बालीमा हालौँला भनेर कुरेर बसेका छन् भने उता पहुचको आधारमा मल ल्याएर वडा कार्यालयमा थुपारिएको छ मल आएको हप्तादिन बित्दा पनि किसानलाई मल वितरण गरेको छैन। सेतो मलमा कालो धन्दा हुन लागेको भन्दै किसानहरु यतिबेला आक्रोशित भएका छन् । स्रोतका अनुसार वडा कार्यालयमा ३० बोरा रासायनिक (युरिया) मल आएको र हाल वडामा १५ बोरा मात्र मल बाँकी रहेको छ । १५ बोरा मल हराउनु र बाँकी १५ बोरा मल पनि समयमै किसानलाई वितरण नगरिएको हुदाँ वडा कार्यालयको पारदर्शीतामा प्रश्न गर्ने ठाउँ भएको देखिन्छ । वडामा मल आएर पनि वितरण नगरिदिँदा भित्रभित्रै चलखेल हुन लागेको हो कि भन्नेमा किसानहरुमा आशंका पैदा भएको छ । वडामा मल आएर पनि वितरण नगरिदिँदा भित्रभित्रै चलखेल हुन लागेको हो कि भनेर वडा अध्यक्षलाइ प्रस्न गर्दा मल वडामा रहेको र थप मल आएपछि सुचना निकालेर बाड्ने जानकारी दिएका छन् उता किसान बालीमा मल नपाएर बालि नै बिग्रेको गुनासो गर्दै आइरहेका छन् । आएको मल किसानलाई दिनु पर्ने किसानको माग छ ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९