लि दिउसो ३ बजे काठमाडौं उत्रिएका थिए । उनको सुरक्षाका लागि भन्दै प्रहरीले विमानस्थलदेखि ली रहेको होटल सोल्टीसम्मको सडक खाली गराएको थियो ।
त्यो क्षेत्र खाली गराइएका कारण त्यसको असर तीनवटै जिल्लामा परेको थियो । बेलुका ८ बजेपछि मात्रै ट्राफिक चाप कम भएको थियो ।
आज पनि बिहान पौने ९ बजेदेखि नै ट्राफिक चाप बढ्ने ट्राफिक प्रहरीले जनाएको छ ।
विहान पौने ९ बजेको समयमा रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपन्डोल, माइतीघर, नयाँ बानेश्वरदेखि तीनकुने आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ ।
त्यसैगरी बिहान साढे ११ बजेपछि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माइतीघर, थापाथली, हुँदै सोही रुट प्रभावित हुने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
त्यसैगरी दिउँसो ३ बजे रविभवन, सोल्टी होटल , कालीमाटी , टेकु , भोटेबहाल , कुपण्डोल , त्रिपुरेश्वर , थापाथली , माईतीघर , बबरमहल ,सिंहदरबार , भद्रकाली , पद्मोदयमोड आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ ।
त्यस्तै दिउँसो साढे ४ बजेको आसपासमा पद्मोदयमोड , भद्रकाली , सिंहदरबार ,माईतीघर , बबरमहल ,थापाथली ,त्रिपुरेश्वर ,कुपण्डोल ,भोटेबहाल ,टेकु , कालीमाटी , रविभवन सोल्टी होटल आसपासका क्षेत्रमा पनि सवारी आवागमन प्रभावित हुने भएको छ । उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफ्नो यात्रा सहज बनाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।