२०८१ भाद्र २३, आईतबार
भक्तपुर :- राष्ट्रिय युवा परिषदले आज रिटर्नी युवा सञ्जाललाई लक्ष्यित गरि प्रशिक्षणमुलक कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा वोल्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजङ गहतराजले भने -‘ सरकारले युवाका निम्ति विभिन्न योजना र कार्यक्रम ल्याएको छ। ठोस परिणामका निम्ति युवाका कार्यक्रम एकीकृत गर्नु जरुरी छ।’ युवाहरुलाइ देश बिकास गर्न जिम्मा दिनुपर्ने उहाको धारणा थियो । विदेशवाट फर्किएका युवाका समस्या , चुनौती र अवसर विषयक अन्तरसंवाद कार्यक्रममा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले रिटर्नी युवाहरु राष्ट्र निर्माणको मेरुदण्ड भएको वताए। बस्नेतले रिटर्नी युवाहरुले सिकेको श्रम ,सिप र दक्षतालाई सदुपयोग गर्न सरकारले विशेष योजना ल्याउनुपर्ने वताए।
युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले युवालाई स्वरोजगार वनाउन कोषले निरन्तर काम गरिरहेको वताए। वैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले वैदेशिक रोजगारीवाट फर्केका युवाका लागि विशेष कार्यक्रम ल्याउन लागिएको वताए।
कार्यक्रममा युवा अर्थशास्त्री डिपि ढकालले नेपाली श्रम वजारको चिरफार गर्दै युवाहरुलाई देशभित्रै अवसर खोज्न अपिल गरे। सिटिइभिटीका निर्देशक अनोज भट्टराईले विदेशवाट फर्किएका युवाका लागि तालिम दिने जानकारी गराए। कार्यक्रममा रिटर्नी माइग्रेन्ट नेपालका काजी थापाले रिटर्नी युवाका समस्या र अपेक्षा वारे चर्चा गरेका थिए। अन्तरसंवाद कार्यक्रम मार्फत् युवालाई स्वरोजगार र उत्पादनमा जोड्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको रिटर्नी सञ्जालका अध्यक्ष सुवास ढकालले वताए।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९