२०८१ मंसिर ९, आईतबार
काठमाडौ :- नेपालमा दुई साम्सद यस्ता छ्न बिकाश गर्न भनेपछी ज्यान बाजि राखेर बिकासको कार्य गर्छन । जो बस्नेत थरका हुन । उनिहरु दुबै एमालेका साम्सद पनि हुन दुबैको केन्द्रीय स्तरमा पहुच छ । उनिहरुको बिकाश देखेर अहिले सबै आम नेपाली जनता चकित परेका छन । बस्नेत – १ गण्डकी प्रदेशका तत्कालीन भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले आफ्नो खेत नजिकै पुल बनाउन बजेट विनियोजन गरे । आफ्नै सुरले पुल बनाउँदै छन्, मान्छे हिँड्ने हो कि गाडी गुड्ने हो, थाहा छैन, न यता सडक छ न उता’ गोरखा वारि खेत छ, पारि पहरो । बीचमा बग्ने दरौंदी नदीमाथि पाँचकरोडको लागतमा मोटरवाला पुल बनाइँदै छ । सडक नै नजोडिएको ठाउँमा गाडी चल्ने पुल निर्माण गरिएकामा स्थानीय बासिन्दा चकित छन् । ‘रंग न ढंगको विकास पाएका छौं,’ स्थानीय गणेशकुमार नगरकोटी भन्छन । बस्नेत – २ भक्तपुर निर्बाचन क्षेत्र न २ का साम्सद महेश बस्नेतले आफु शक्तिमा भएको बेलाको दुरुपयोग गर्दै राजमार्ग माथी सुर्यमोड सागा झोलुङे पुल निर्माण गरेका थिए । उक्त पुलको क्षेमता ४८४ जनाको बजन थाम्न सक्ने रहेको छ ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९