२०८१ मंसिर ८, शनिबार
काठमाण्डौ :- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाको नेतृत्व आफूहरुलाई दिने विषयमा गठबन्धन भित्र करिब सहमति भइसकेको खुलासा गरेका छन् ।
सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले माओवादीलाई भरतपुर महानगरपालिकाको नेतृत्व दिने विषयमा सबैजसो दल तयार भएको बताएका हुन् ।
‘मोटामोटी सबै साथीहरुको भित्री मनमा के छ भने भरतपुर नै दिनु उचित हुन्छ, कांग्रेसलाई पनि लागेको छ धेरैलाई, केही केहीलाई मात्र नलागेको होला त्यसकारण हामी अहिले बेलुकासम्म टुंग्याउँछौं’ उनले भने ।
प्रचण्डले भरतपुर महानगरपालिकाको मेयर चाहिन्छ भनेर आफूहरुले अडान नराखेको भए पनि भरतपुर आफ्नै पाटीको भागमा पर्ने दाबि गर्नु भयो। ‘भरतपुर नै नभई भएन रेनु नै नभइ भएन भन्ने हाम्रो अडान होइन, गठबन्धनमा एउटा महानगर त माओवादी केन्द्रले पाउने नै होला । काठमाडौ दिने भए पनि ठीक छ, विराटनगर भने पनि ठीकै छ ।’
तर विगतको चुनावमा माओवादी केन्द्रले जितेको हुनाले माओवादी केन्द्रले भरतपुर लिँदा नै उपयुक्त हुने प्रचण्डको दाबि छ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९