२०८१ मंसिर ६, बिहिबार
काभ्रे :- मण्डनदेउपुर नगरपालिका अन्तर्गत नेकपा माओवादी केन्द्रले चुनावी गतिविधि द्रुतरुपमा अगाडि बढाएको छ । आज माओबादी केन्द्रका जिल्ला संयोजकको प्रमुख आतिथ्यमा वडा नम्बर १,२, र ११ मा वडा कार्यालय स्थापना गरि चुनाबी कार्यक्रमहरु अगाडी बढाएको हो | सरकारले स्थानीय चुनाब यहि आउने बैशाख ३० गते तोकिसकेको छ |
माओबादी केन्द्रका जिल्ला संयोजक क.भोला अर्यालले मण्डन देउपुर नगरपालिकाको जनमत हाम्रो पाटीको राम्रो रहेको भन्दै जनताको भावनालाई बुज्ने पाटि भनेको माओबादी केन्द्र मात्र रहेको र बिकाशको लागि अब नगरप्रमुख सहित अधिकांश वडाहरु आफ्नो कब्जामा रहने र जितको लागि आफुले के कस्तो सहयोग आबस्यक पर्छ आफुलाई जानकारी गराउन र तेस्को जिम्मा आफुले लिने भन्दै चुनाबमा होमिन आम कार्यकर्तालाइ निर्देशन दिएका छन | उनले भने गठबन्धन दलसंग चुनाबी तालमेल पनि हुन सक्छ, भयो भने पनि मिलेर जान तयार रहेको र नमिल्दा पनि आफ्नो पाटि कम्जोर नभएको उनको जिकिर छ | उनले भने अबको चुनाबमा संविधानको रछ्या गर्ने पाटि र संबिधानलाइ आगो लागाउने बीच प्रतिस्पर्दा हुनेमा आम जनताले तेस्को फैसला गर्ने समेत उल्लेख गरे |
आजको वडा कार्यालय उद्घाटन कार्यक्रममा माओबादी केन्द्रका जिल्ला समन्वय समितिका संयोजक क.भोला अर्याल , सदस्य क. रमेश ढकाल,मण्डन देउपुर नगरपालिकाको पाटि नगर उपाध्यक्ष इश्वोर ढकाल, पाटि नगरसचिब गोकुल डोटेल, पूर्व जनमुक्तिसेना का कमान्डर क. मिलन, पाटीका नेता क.उपेन्द्र श्रेष्ठ लगाएत अन्य नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो | नगर उपाध्यक्षका अनुसार नगरभरि आफ्नो वडा कार्यालय बिस्तार भैसकेको र अब चुनाबी गतिबिधि अगाडी बढेको जानकारी दिए |
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९