२०८१ मंसिर ८, शनिबार
काठमाडौं :- प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा निस्किएपछि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणले पाएका छन् । खाँण प्रधानमन्त्रीका बिश्वास पात्रका रुपमा चिनिन्छन,शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाँणलाई तोकेकी हुन् ।
राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री शेरबहादुर देउवा मित्रराष्ट्र भारत भ्रमणमा जानुहुने भएकोले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कामको जिम्मेवारी प्रधानमन्त्री देउवाको सिफारिसमा गृहमन्त्री खाँणलाई दिइएको जनाएको छ ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९