२०८१ मंसिर ८, शनिबार
काठमाडौं :- केहिदिन यता देखि नेपाल आयल निगमसँग विभिन्न माग राख्दै आन्दोलित व्यवसायीहरुले पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प बनाएका छन् ।नेपाल आयल निगमले इन्धन खरिद गर्ने भारतीय डिपो र नेपालस्थित निगमको डिपोबाट डिलरले खरिद गर्ने सबै प्रकारका पेट्रोलियम पदार्थको ढुवानी रोकिएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले बताएको छ । ‘निगमको डिपो र डिपोबाट बिक्रेताको लागि लोड/अनलोड रोकेका छौं,’ ‘हाम्रो माग सम्बोधन गर्न निगम तयार भएन ’ महासंघले भनेको छ ।
ब्यबसायी आन्दोलनका कारण ढुवानीमा संलग्न १४ सय ट्यांकर र करिब ९ सय बुलेटबाट पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्याँसको दैनिक आपुर्ति प्रभावित हुने छ । व्यावसायीको अवरोध कायमै रहे देशभर पेट्रोलियम पदार्थको अभाव हुन सक्नेछ ।
पेट्रोल तथा डिजेलको दैनिक चार सय ट्यांकर लोड/अनलोड हुने निगमको अमलेखगञ्ज डिपोमा व्यवसायीले इन्धन नउठाउने जानकारी गराएका छन् । ढुवानी अवरोधको प्रभाव सहितको विवरण केहि समय पछि मात्रै थाहा हुने निगमका अमलेखगञ्ज डिपो प्रमुखले बताएका छन् ।
निगमका अनुसार नेपाली सेना, साझा र साल्ट ट्रेडिङबाट हुने ढुवानी भने नियमित छ । काठमाडौंमा इन्धन आपूर्ति गर्ने निगमको थानकोट डिपोका अनुसार बिहीबार साँझसम्म १३ लाख लिटर डिजेल र ११ लाख लिटर पेट्रोल पम्पहरुले उठाएका छन् । यो इन्धनले काठमाडौं उपत्यकामा करिब डेढ दिनको माग मात्रै धान्छ । तेसपछी बजारमा पेट्रोलियम पदार्थ को अभाव हुन सक्छ ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९