२०८१ मंसिर ६, बिहिबार
मोरङ :- सुन्दरहरैचा नगरपालिका-४ मा रहेको श्रेष्ठ होटल एण्ड फेमेली होटलमा महिलालाई जबरजस्ती करणी गरेको घटनामा संलग्न अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा उक्त होटलका संचालक ३५ वर्षीय अर्जुन कुमार श्रेष्ठ, सोही ठाउँ बस्ने २५ वर्षीय सुरज श्रेष्ठ र झापा मेचीनगर नगरपालिका-३ का २५ वर्षीय राम वहादुर नेपाली भन्ने सुधान्सु दर्जी रहेका छन् । गत शुक्रबार ती महिलालाई ईटहरीबाट घर फर्कने क्रममा गछिया खोलाको पुल नजिकबाट घर पुर्याई दिन्छु भनि गाडीमा चढाएर होटलमा लगि जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । त्याहाबाट खटिएको प्रहरी टोलीले तत्काल होटल संचालक अर्जुन र सुरजलाई नियन्त्रणमा लिएर घटनामा संलग्न फरार रहेका सुधान्सुलाई मंगलबार ईलाम सूर्योदय नगरपालिका-१२ तिनघरेमा लुकेर बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका तीनै जना उपर जबरजस्ती करणी मुद्दामा आवश्यक कारबाही
अगाडि बढाइएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९