२०८१ मंसिर ६, बिहिबार
पर्सा :- मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुङ्गा प्रहार भएको छ । वीरगञ्ज महानगरपालिका-१३ तेजारथ टोलमा रहेको मधेश प्रदेशका मुख्यमन्त्रीको निजी निवासमा ढुङ्गा प्रहार गरेको अभियोगमा सोही महानगरपालिका-१ ठेगाना भएका २६ वर्षीय सुमन पटेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका-८ घण्टाघरबाट प्रदेश नम्बर २ को नाम मधेश प्रदेश र राजधानी जनकपुर निर्णय भएको विरोधस्वरुप निस्केको मोटरसाइकल र्यालीले नगर परिक्रमा गर्ने क्रममा र्यालीसँगै मोटरसाइकलमा आएका पटेलले मुख्यमन्त्रीको निजी निवासमा एक्कासी ढुङ्गा प्रहार गर्दा निवासको २ वटा सिसा फुटेर क्षति भएको छ । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले उनलाई तत्काल पक्राउ गरी आपराधिक उपद्रव सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९