२०८१ मंसिर १०, सोमबार
आइतबार प्रहरी प्रधान कार्यालय नक्सालले हालसालै एसपीको सरुवा निकाले लगतै डिएसपीको सरुवा तयारी थालेको छ ।
एसपीमा भन्दा डिएसपी सरुवामा ठूलो चलखेल सुरु भएको छ ।
सबै भन्दा धेरै सोर्सफोर्स रसुवाका लागि भइरहेको छ । रसुवा जानका लागि एक दर्जन भन्दा वढी डिएसपीहरु शक्तिकेन्द्र धाइरहेका छन् । रसुवाका डिएसपी देवेन्द्र पाण्डेको एक वर्षको कार्यकाल पुगकोले रसुवा इन्चार्ज फेरिन लागेका हुन् ।
रसुवा नाका भएकाले तस्करीको लाइन मिलाउन ठूलो चलखेल हुने गरेको छ । त्यही कारण केही डिएसपीहरु पैसा बुझाएर जान पनि तयार देखिएका छन्। केही तस्करहरु आफु अुनुकलका डिएसपी लैजान लबिङ समेत गरिरहेका छन् ।
रसुवा इन्चार्ज जानका लागि अपराध माहाशाखा काठमाडौमा कार्यरत डिएसपी कुलदिप चन्द पनि लाइनमा छन् । स्रोतको अनुसार रसुवाका व्यापारी तथा नेपाली काग्रेंस सांसद हाल सालै भएको काग्रेस महाधिवेसनमा नव निर्वाचित केन्द्रिय सदस्य मोहन आर्चायको सेटिङमा डिएसपी कुलदिप चन्द रसुवा इन्चार्ज जान लागि परेको स्रोतको दावि छ ।
रसुवा इन्चार्ज डिएसपी चन्दलाई पठाउने सम्भावाभना बलियो छ । रसुवा नाका बाट अवैध सुन नेपाल भित्रिने गरेको र त्यसको सेटिङ मिलाउन आफु अनुकुलको अधिकृत लैजान तछाडमछाड गरिरहेका छन । नाका बाट हुने अवैध तस्करी अन्देखा गरे वापत त्यहाँका प्रमुखले कमिसन पाउने गरेको भनाई छ ।
रसुवा सहित दोलखा, म्यादी, रामेछाप, ओखलढुंगा, रुकुम पूर्व, रुकुम पश्चिम लगायत जिल्लामा सरुवाका लागि डिएसपीहरुको दौडधुप छ ।
धेरै आईजिपी फेरिए तर फेरिएन नेपाल प्रहरीको पुरानै शैलि, इमान्दार र कर्तव्य निष्ठ अफिसरहरुलाइ भने सधै पछाडी पारिने गरिएको छ ,।
आइतवार निकालेको एसपी सरुवामा विवादित एसपीहरुले इन्चार्ज पाएका छन् । विश्वराज पोखरेललाई झापा पठाइएको छ । बारामा दिलिपसिंह देउजा, पूर्वी नवलपरासीमा पठाइएका प्रज्वल महर्जन । त्यस्तै कञ्चनपुरमा श्यामसिंह चौधरीलाई पठाइएको छ । एसपी सरुवामा पनि पावरकै हालीमुहाली भएकाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको भूमिका फेरि पनि कमजोर देखिएको छ ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९