२०८१ माघ १५, मंगलबार
काभ्रे :- नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको लागि काभ्रे जिल्लाको निर्वाचन क्षेत्र न. १ र २ बाट महाधिवेशन प्रतिनिधिनि चयन भएका छन् । केहि प्रतिनिधि माओबादी केन्द्रबाट गएकाहरु पनि चारजना परेका छन | एमाले काभ्रेको जानकारी अनुसार केहि दिनको कडा परिश्रम पछी सबै महाधिवेशन प्रतिनिधि सर्वसम्वत भएका हुन् । दुइ निर्वाचन क्षेत्र रहेको काभ्रेमा सबै गरेर ३४ जना महाधिवेशन प्रतिनिधि छनोट भएका छन् । जस अनुसार निर्वाचन न. १ बाट खुल्ला तर्फ नारायण प्रसाद पाण्डे, चन्द्र बहादुर लामा, रेशम बहादुर लामा, केशव प्रसाद बडाल, जेनिश लामा, दिलिप घिसिङ्ग,राजन भुर्तेल, दिलिप तामाङ्ग, चुडामणी गौतम र कृष्ण खुलाल रहेका छन् । सोही क्षेत्रबाट महिला महाधिवेशन प्रतिनिधि तर्फ गोमा भुर्तेल, गीता बन्जरा, कमला काफ्ले र शान्ता न्यौपाने सर्वसम्मत भएका हुन् । जसमध्ये पूर्व माओबादी चुडामणी गौतम माओबादी केन्द्र अलग हुदा एमालेमै बसेका थिए |
निर्वाचन क्षेत्र न. २ बाट खुल्लामा अशोक व्यान्जु, श्याम सुन्दर श्रेष्ठ, राम शरण दाहाल, राजकुमार सापकोटा, नकुल प्रसाद पराजुली, कंचन अधिकारी, प्रेम लामा, बेद प्रसाद तिमल्सिना, राधाकृष्ण बस्ताकोटी, कुमार थापा र विदुर सापकोटा चयन भएका हुन् ।
महिला कोटामा महाधिवेशन प्रतिनिधि तर्फ भने रीता ढकाल (गौतम) निर्मला शाही, भक्तकुमारी लामा, बिमला कुमारी चौलागाई शर्मा, बिमला सापकोटा र शुभद्रा अधिकारी सर्वसम्मत भएको एमाले काभ्रेले जानकारी दिएको छ ।जसमा पूर्व माओबादी रीता ढकाल (गौतम) र नकुल प्रसाद पराजुली माओबादी केन्द्रबाट पाटि अलग हुदा एमालेमै बसेका हुन् |
महाधिवेशनको लागि काभ्रेबाट समावेशी तर्फ तेज नेपाली, गीता सुनुवार र विष्णु बहादुर मिजार प्रनितिधिमा छन | मिजार पूर्व माओबादी हुन् पाटि अलग हुदा उनि एमालेमै बसेका थिए |महिला कोटामा महाधिबेशन प्रतिनिधिका रुपमा छनोटमा परेकी रीता ढकाल (गौतम) का अनुसार निर्वाचन न. १ बाट एक जना र निर्वाचन क्षेत्र न. २ बाट तिनजना गरि जम्मा चारजना महाधिवेशन प्रतिनिधि पूर्व माओबादी छोडी एमाले भएका मध्येबाट भएको बागमती छड़केलाई जानकारी दिइन |
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९