२०८१ मंसिर ७, शुक्रबार
काभ्रे :– केही वर्ष अघि देखिको ७० करोडक चर्चा सेलाउन नपाउदै काभ्रेका पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको अहिले काभ्रेमा हेलिकप्टर चर्चाको बहस चल्न थालेको छ । बास्कोटा कार्तिक १३ गते शनिबार हेलिकप्टर मार्फत काभ्रेको नेकपा एमाले खानिखोला गाउँपालिकाको प्रथम अधिवेशनलाई सम्बोधन गर्न पुगेका थिए । हेलिकप्टरबाट खानीखोला पुगेका बास्कोटाको रवाफले आम काभ्रेली मतदाता तथा स्वयं आफ्नै कार्यकर्ताहरु समेत बहसमा छन्। खानीखोला गाउँपालिकामा जानको लागि हेलिकप्टर प्रयोग गर्नै पर्ने बाध्यता कसरि आयो ? बास्कोटालाइ नै थाहा होला तर हेलिकप्टर सवारले साधारण नेतालाई कुन वर्गको रुपमा सम्बोधन गर्ने हो त्यो त आगामी चुनावले देखाउने काभ्रेली जनताको भनाइ छ।पार्टीको एउटा मध्यम स्तरको नेता हेलिकप्टर चढेर पालिकास्तरको अधिवेशन उद्घाटन गर्न सवार हुन्छन भने यसले केही प्रश्न,केही जिज्ञासा र केही कौतुहलता पक्कै पनि आएको कार्यकर्ताहरुको भनाइ छ ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९