२०८१ मंसिर ६, बिहिबार
काठमाडौं :- साताको सुरुको दिन आज (आइतबार) शेयर बजारमा आशा लाग्दो सुधार आएको छ । लगातारको उतार चढावका बीच आज बजार परिसूचक नेप्से २७ अंकले उकालो लागेर २५ सय ८४ पुग्यो ।
राष्ट्र बैंकले ब्याजदरमा कडाई गरेसंगै गत बुधबार सुधारिए पनि बृद्धि टिक्न सकेको थिएन । विहीबार ओरालो लागेको नेप्से आज पुनः सुधारिएको हो । यस दिन पनि कारोबार भने ३ अर्ब तलै सीमित रह्यो । व्यापार बाहेक कारोबार भएका अरु सबै समूहमा हरियाली छायो ।
उत्पादनमूलक समूहमा सबैभन्दा उच्च १ सय ५ अंकको बृद्धि भएको छ । अरु पनि अधिकांश समूहमा दोहोरो अंकको सुधार आएको छ । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २५ कम्पनीको ५८ लाख बढी कित्ता शेयर २ अर्ब ७७ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९