२०८१ माघ २१, सोमबार
बनेपा:- नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी काभ्रे जिल्ला कमिटीको जिल्ला पार्टी कार्यालयको शुभारम्भ एवं शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आचारणबाट नेतृत्वमा पुगेका कुनै पनि नेतालाई भ्रष्टाचार गर्ने छुट नभएको र काम नगर्ने मन्त्रीलाई तुरुन्त हटाउने बताउनु भएको छ ।
काभ्रेली जनताको शिर निहुर्याउने काम भ्रष्टाचारीहरुले गरेका छन् । त्यो सत्तरी करोडको दाग आगामी निर्वाचनमा मेटाउनु छ । त्यस्ता भ्रष्टाचारीहरुलाई अब यो मुलुकमा स्थान छैन भन्ने सन्देश निर्वाचनद्वारा गराउनु छ । अबको दिन भनेको एकीकृत समाजवादीको हो, एमालेका दिन गए, अब एमालेको कल्पना पनि नेपाली जनताले गर्न सक्ने छैनन् । फूर्ति नलगाए हुन्छ । विकृति, विसंगति, भ्रष्टाचार र अनियमितता भन्ने शब्द कम्युनिष्ट पार्टीमा हुन सक्दैन । कम्युनिष्ट पार्टी विचार प्रधान हुन्छ, व्यक्ति प्रधान होइन । विश्व इतिहासलाई कोट्याउने हो भने कस्ता–कस्ता बादशाहहरु सत्ताच्यूत भएका छन् भने केपी ओलि के हो र ! जसले पाठ सिक्दैछ, अहम्ताले कहाँ पुर्याउछ । केही दिनमै प्रदेश १ र बागमती प्रदेशको सत्ता पनि गुम्दैछ । यो सबैको अब्जस ओलिको अहम्ता हो । जसले विश्व इतिहासमा कम्युनिष्टमाथि कालो धब्बा लगाएको छ । त्यसैले अबको निर्वाचन सहमतिको, सहकार्यको हुनेछ । सहमतिका साथ स्थानीय निर्वाचनमा खट्न कार्यकर्ताहरुलाई सम्बोधनका क्रममा नेता नेपालले निर्देशन समेत दिनुभएको छ ।
उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंको कथन थियो, लोकतान्तिक पद्धतिलाई बचाइराख्नको लागि नेता माधवकुमार नेपालले खेल्नुभएको भूमिकाप्रति मुक्तकण्ठले सम्मान व्यक्त गर्दै नेपाली काभ्रे जिल्ला समिति मात्र नभई काभ्रेली जनताको तर्फबाट सम्मान व्यक्त गर्दछु भन्नुहुँदै निरंकुशताका विरुद्ध उठाउनुभएको कदमले नेपाली राजनीतिमा माधवकुमार नेपालको नाम स्वर्णिम अक्षरले लेखिने बताउनुभएको छ । प्रतिगमनको नायक ओलिले चालेका असंवैधानिक कदमका विरुद्ध उठाउनुभएको हिम्मतले नयाँ पुस्ताहरुका लागि प्रेरणा सावित भएको छ । जुन किसिमको कुटिल चाल चलेर नेपाली जनताको ठूलो त्याग, तपस्या र बलिदाबाट प्राप्त अधिकारहरुलाई कुल्चिने कुचेष्टा मात्र गरेको थिएन, त्यसलाई सिध्याउने खेलमा लागेको ओलि सत्ताका विरुद्ध उठाउनुभएको विद्रोहप्रति नेपाली जनता सम्मान गर्न चाहन्छन् । त्यसबाट प्रत्येक आन्दोलनका पछाडि त्यसले पार्ने प्रभाव र छोड्ने परिणाम महत्वपूर्ण हुन्छ । तसर्थ, मुलुकमाथि पर्न गएको गम्भीर संकटलाई निकास दिनका लागि निरन्तर रुपमा उठाउनुभएको कदमप्रति नेपाली कांग्रेस सम्मान व्यक्त गर्दछ भन्नुभएको छ ।
जिल्ला सभापति मधु आचार्य, नेकपा माओवादी केन्द्रका नेता तेजबहादुर मिजार, नेकपा क्रान्तिकारीका नेता कान्छाराम तामाङ, नेकपा एकीकृत समाजवादीका नेता शिवबहादुर देउजा, प्रदेश सांसद बसुन्धरा हुमागाईं लगायतले समसामयिक विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९