२०८१ मंसिर ९, आईतबार
काठमाडौं :- आजदेखि न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधरणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २२ करोड ५० लाख रुपैया बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । निष्कासन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्
उक्त आईपीओमा सर्वसाधारणले असोज १९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा पूर्ण आवेदन नपरेमा असोज ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।
आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयर खरीदका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएकमा सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीले गत साउन ११ गते धितोपत्र बोर्डबाट आईपीओ निष्कासन अनुमति पाएको थियो। सोहीअनुसार पहिलो चरणमा कम्पनीले गत भदौ १ गतेदेखि भदौ १५ गतेसम्म आयोजना प्रभावित लमजुङको मर्स्याङ्दी गाउँपालिकाका स्थानीय र लमजुङका अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाका लागि गरी १५ लाख कित्ता आईपीओ बिक्री गरिसकेको छ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९