२०८१ मंसिर ६, बिहिबार
काठमाडौँ :- नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य वर्षमान पुन उपचारका लागि बैंकक जाने भएका छन् । जन्डिसका कारण सुमेरु अस्पतालमा दुई दिनदेखि उपरचाररत पुनलाई बुधबार बिहान बैंकक लैजान लागिएको बताइएको छ ।
नेता पुनको पारिवारिक स्रोतका अनुसार जन्डिसको समस्या बढेपछि बैंकक लाने निर्णय भएको हो । उनको यसअघि पनि बैंककमा उपचार गरिएको थियो । सांसदसमेत रहेका पुन लामो समयदेखि जन्डिसबाट पीडित रहेको र त्यसको उपचारका लागि उनलाई बैंकक लान लागिएको हो ।
नेता पुनलाई २०७२ सालमा पनि बैंककमा उपचार गरिएको थियो । त्यतिबेला उनी लामो समय उपचारका लागि बैंककमा बसेका थिए । त्यसपछि पुनले नियमित औषधि लिइरहेको र प्रत्येक वर्ष फलोअपका लागि बैंकक गइरहेका थिए । तर पछिल्लो दुई वर्ष भने उनी कोभिड-१९ महामारीका कारण फलोअपमा जान सकेका थिएनन ।सुमेरु अस्पतालमा उपचार गराइरहेका उनलाई थप उपचारका लागि बैंकक लैजान चिकित्सकले सुझाएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९